एसईईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?



हाम्रो इकोनोमि

 

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीको लब्धांक पत्रमा अनुत्तीर्ण लेखिदैन । तर सबै विद्यार्थीले कक्षा ११ मा भर्ना हुन भने पाउँदैनन् ।

तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्ले २०७३ असार १५ गते र शिक्षा मन्त्रालयले २०७४ असार ५ गते गरेको निर्णयअनुसार न्यूनतम जीपीए १.६ निर्धारण गरिएको छ ।

 

१.६ भन्दा कम जीपीए पाउनेहरूले भने कक्षा ११ मा भर्ना हुन पाउँदैनन् । यसवर्ष ५६ हजार ७ सय ३९ जनाले १.६ भन्दा कम जीपीए प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ मा भर्ना हुन पाउँदैनन् ।

त्यससँगै सम्बन्धित विषयमा न्यूनतम ‘डी प्लस’ वा ‘सी प्लस’ नल्याउनेले पनि कक्षा ११ भर्ना हुन पाउँदैनन् । प्राविधिक विषयतर्फ भने विषयगत न्यूनतम ग्रेड तोकिएको छैन ।
भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र, गणित, कम्प्युटर साइन्स र कृषि पढ्न भने न्यूनतम जीपीए २.०० निर्धारण गरिएको छ । त्यससँगै विज्ञान र गणितमा न्यूनतम ‘सी प्लस’ ल्याउनुपर्छ ।

 

अधिकांश विषय पढ्न अंग्रेजी र सामाजिक शिक्षामा न्यूनतम ‘डी प्लस’ प्राप्त गरेको हुनुपर्नेछ ।

एसईई २०७५ मा १७ हजार ५८० जनाले ३.६ देखि ४.००, ५१ हजार १ सय ३७ जनाले ३.० देखि ३.६, ६३ हजार ७ सय ४१ जनाले २.८ देखि ३.२ सम्म जीपीए ल्याएका छन् । त्यस्तै, २.०० देखि २.४ ल्याउने ९८ हजार २०७, १.६ देखि २.० ल्याउने ९५ हजार ३०७, १.२ देखि १.६ ल्याउने ४३ हजार ८४१ विद्यार्थी छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ सैद्धान्तिक विषयको बढीमा दुई विषयसम्म ‘सी’ वा ‘सी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएमा परीक्षार्थीहरूले ग्रेडवृद्धिका लागि पूरक ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...