इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आईफा) नेपालमा हुने



हाम्रो इकोनोमि

 

 

काठमाडौँ, १३ असार । बलिउडको ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड-२०१९’ (आईफा) नेपालमा हुने भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद्को निर्णयको बारेमा जानकारी दिँदै ‘आईफा अवार्ड’ काठमाडौंमा हुने बताएका छन ।

६० भन्दा धेरै बलिउड कलाकारहरुको उपस्थिति रहने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । अवार्ड अगस्ट अन्तिममा आयोजना हुने पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपक जोशीले बताए ।

अवार्ड आयोजना गर्न पर्यटन मन्त्री वा राज्यमन्त्री संयोजक रहने गरी एक उच्चस्तरीय समिति समेत बनाइएको छ । उक्त कार्यक्रम नेपाल आर्मीको मुख्यालय अगाडि रहेको मैदानमा गर्ने तय भएको छ । सञ्चारमन्त्री बाँस्कोटाका अनुसार, अवार्डमा आउने कलाकार, निर्देशक र, अन्य निम्तालुका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्नेछन् ।

अवार्डको आयोजनासँगै सरकारले २० औं ‘आईफा अवार्ड’ का लागि ४४ करोड २५ लाख रुपैयाँसहित पाहुनाहरुको हवाई, खानपान तथा आवासको छुट्टै व्यवस्थापन गर्ने छ । हरेक संस्करण बाहिरी देशमा हुँदै आएको यो अवार्ड मलेशिया, सिंगापुर, अमेरिका, क्यानडा, श्रीलंकालगायतका देशमा भइसकेको छ ।

आईफा प्रतिनिधि र सरकारी अधिकारी बीच अहिले छलफल भइरहेको छ । अभिनेता अभिताभ बच्चन ‘आईफा अवार्ड’ का ब्रान्ड एम्बेस्डर हुन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...