इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आईफा) नेपालमा हुने



हाम्रो इकोनोमि

 

 

काठमाडौँ, १३ असार । बलिउडको ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड-२०१९’ (आईफा) नेपालमा हुने भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद्को निर्णयको बारेमा जानकारी दिँदै ‘आईफा अवार्ड’ काठमाडौंमा हुने बताएका छन ।

६० भन्दा धेरै बलिउड कलाकारहरुको उपस्थिति रहने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । अवार्ड अगस्ट अन्तिममा आयोजना हुने पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपक जोशीले बताए ।

अवार्ड आयोजना गर्न पर्यटन मन्त्री वा राज्यमन्त्री संयोजक रहने गरी एक उच्चस्तरीय समिति समेत बनाइएको छ । उक्त कार्यक्रम नेपाल आर्मीको मुख्यालय अगाडि रहेको मैदानमा गर्ने तय भएको छ । सञ्चारमन्त्री बाँस्कोटाका अनुसार, अवार्डमा आउने कलाकार, निर्देशक र, अन्य निम्तालुका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्नेछन् ।

अवार्डको आयोजनासँगै सरकारले २० औं ‘आईफा अवार्ड’ का लागि ४४ करोड २५ लाख रुपैयाँसहित पाहुनाहरुको हवाई, खानपान तथा आवासको छुट्टै व्यवस्थापन गर्ने छ । हरेक संस्करण बाहिरी देशमा हुँदै आएको यो अवार्ड मलेशिया, सिंगापुर, अमेरिका, क्यानडा, श्रीलंकालगायतका देशमा भइसकेको छ ।

आईफा प्रतिनिधि र सरकारी अधिकारी बीच अहिले छलफल भइरहेको छ । अभिनेता अभिताभ बच्चन ‘आईफा अवार्ड’ का ब्रान्ड एम्बेस्डर हुन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...