एसएसइमा ‘बी प्लस’ आएपछि करिश्माले भनिन्–‘म खुशी छु, अब म्यानेजमेन्ट पढ्छु



हाम्रो इकोनोमि

 

नायिका करिश्मा मानन्धरले ‘एसएसइ परिक्षा’मा ‘बी प्लस’ ल्याएकी छिन् । नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी छिन् । नायिका मानन्धरले एसइइ परिक्षाको रिजल्टबाट आफू निकै नै खुशी भएको बताइन् । उनले, अब आफूले व्यवस्थापन बिषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया अनलाइनखबरसँग दिएकी छिन् ।

 

करिश्माले भनिन्–‘यो रिजल्टबाट म एकदमै खुशी छु । अब व्यवस्थापन पढ्छु ।’ नायिका मानन्धरले आफूलाई सोसोलोजी र पपुलेशन बिषयमा केही शंका लागेको समेत बताएकी छिन् । उनले भनिन्–‘मैले ढिलो पुगेर सोसलमा २ वटा प्रश्नको जवाफ दिन पाइन । यस्तै, मैले सुरुमा अप्सनल म्याथ लिएर पढेकी थिएँ । तर, पछि छाडेर पपुलेशन पढेँ ।’

 

करिश्माले अगाडि भनिन्–‘मैले पपुलेशन जाँचको एकदिन अगाडि मात्र पढेको थिएँ । फेरि त्यो दिन म चाडै नै निस्किएको थिएँ । म त्यसमा चुकेको थिएँ । यदि मैले पढ्न पाएको भए अझै राम्रो आउन सक्थ्यो होला ।’ तर, आफू नजिताबाट हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहिनेतका साथ निरन्तरता दिने प्रतिक्रिया दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...