एसएसइमा ‘बी प्लस’ आएपछि करिश्माले भनिन्–‘म खुशी छु, अब म्यानेजमेन्ट पढ्छु



हाम्रो इकोनोमि

 

नायिका करिश्मा मानन्धरले ‘एसएसइ परिक्षा’मा ‘बी प्लस’ ल्याएकी छिन् । नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी छिन् । नायिका मानन्धरले एसइइ परिक्षाको रिजल्टबाट आफू निकै नै खुशी भएको बताइन् । उनले, अब आफूले व्यवस्थापन बिषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया अनलाइनखबरसँग दिएकी छिन् ।

 

करिश्माले भनिन्–‘यो रिजल्टबाट म एकदमै खुशी छु । अब व्यवस्थापन पढ्छु ।’ नायिका मानन्धरले आफूलाई सोसोलोजी र पपुलेशन बिषयमा केही शंका लागेको समेत बताएकी छिन् । उनले भनिन्–‘मैले ढिलो पुगेर सोसलमा २ वटा प्रश्नको जवाफ दिन पाइन । यस्तै, मैले सुरुमा अप्सनल म्याथ लिएर पढेकी थिएँ । तर, पछि छाडेर पपुलेशन पढेँ ।’

 

करिश्माले अगाडि भनिन्–‘मैले पपुलेशन जाँचको एकदिन अगाडि मात्र पढेको थिएँ । फेरि त्यो दिन म चाडै नै निस्किएको थिएँ । म त्यसमा चुकेको थिएँ । यदि मैले पढ्न पाएको भए अझै राम्रो आउन सक्थ्यो होला ।’ तर, आफू नजिताबाट हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहिनेतका साथ निरन्तरता दिने प्रतिक्रिया दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...