शान्ता चौधरीले पास गरिन् एसईई



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरी एसईई पास भएकी छन् । बिहीबार सार्वजनिक भएको नजिता अनुसार सांसद चौधरीले २.६५ ग्रेड ल्याएर एसईई पास गरेकी हुन् । गएको चैतमा भएको परीक्षामा सांसद चौधरीले महेन्द्र मावि तुलसीपुर केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

उनकी १७ वर्षीया छोरी बिनुले पनि सिर्जना बाल विद्यालय काठमाडौँबाट एसईई दिएकी थिइन् । उनले भने बी प्लस ल्याएकी छन् ।

पूर्वकमलरी समेत रहेकी चौधरी तत्कालीन एमालेबाट २०६४ र २०७४ मा सांसद भएकी हुन् । उनी अहिले प्रतिनिधिसभामा नेकपाको सचेतक छन् । चाैधरीले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...