शान्ता चौधरीले पास गरिन् एसईई



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरी एसईई पास भएकी छन् । बिहीबार सार्वजनिक भएको नजिता अनुसार सांसद चौधरीले २.६५ ग्रेड ल्याएर एसईई पास गरेकी हुन् । गएको चैतमा भएको परीक्षामा सांसद चौधरीले महेन्द्र मावि तुलसीपुर केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

उनकी १७ वर्षीया छोरी बिनुले पनि सिर्जना बाल विद्यालय काठमाडौँबाट एसईई दिएकी थिइन् । उनले भने बी प्लस ल्याएकी छन् ।

पूर्वकमलरी समेत रहेकी चौधरी तत्कालीन एमालेबाट २०६४ र २०७४ मा सांसद भएकी हुन् । उनी अहिले प्रतिनिधिसभामा नेकपाको सचेतक छन् । चाैधरीले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...