खुमलटारमा प्रचण्डको गोप्य भेला, जनताको जनवाद र आलोपालो प्रधानमन्त्री नभए पार्टी फुटाउँने चेतावनी
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहीबार नीजि निवास खुमलटारमा आफू निकटस्थ नेतासँग अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएका सहमतिका विषयमा ब्रिफिङ गरेका छन् ।
अध्यक्ष प्रचण्डले गोप्य भेलामा उनले भने जनताको जनवाद र आलोपालो प्रधानमन्त्री नभए पार्टी फुटान सक्छ । त्यसको लागी तयार रहन आफ्ना गुठका नेताहरुलाई निर्देशन दिएको स्रोतको दाबी छ ।
खासगरी एकताका बेला भएका सहमति कार्यान्वयनको विषय र त्यसमा पनि जनताको जनवाद कि जनताको बहुदलीय जनवाद हुने भन्ने विषयको बहस सतहमा आएको थियो । यसै कारण राजनीतिक कार्यदिशाको प्रतिवेदन प्रकाशन भएको थिएन ।
आफूनजिक रहेका पूर्वमाओवादीका नेतालाई आश्वस्त पार्दै प्रचण्डले ‘एकताका बेला भएको सहमतिअनुसार जनताको जनवाद र आलोपालो प्रधानमन्त्री दुवै कार्यान्वयन हुन्छ’ भनेको स्रोतले जनायो ।
प्रचण्डले उक्त विषयमा स्पष्ट तर्क राखेका थिए । यसको पुष्टि छलफलमा सहभागी नेकपाका नेता देवेन्द्रराज पौडेलले थप खुलाउँदै भनेका छन्,‘अध्यक्षले सहमतिअनुसारै अघि बढ्ने विषयमा प्रधानमन्त्रीसँग समझदारी बनेको छ ।’
त्यसो त प्रचण्डले केही समयअघि एकताका बेला भएको सहमतिअनुसार आफ्नो भूमिका स्पष्ट हुनुपर्ने अथवा सरकारको आलोपालोको कुरा इमानदारीताका साथ पूरा हुनुपर्ने उल्लेख गरेका थिए ।
पौडेललाई उदृत गर्दै बीबीसी नेपाली सेवाले लेखेको छ,‘सबै प्रभावकारी भूमिका निर्वाह गर्नेगरी कार्यविभाजन हुनुपर्नेमा अध्यक्ष प्रचण्ड स्पष्ट देखिनुभयो ।’
दुई अध्यक्षबीचको कुराकानीबारे प्रचण्डले दिएको जानकारी सुनाउँदै नेता पौडेल भन्छन् ,‘जे सहमति भएको त्यसमा जानुपर्छ। अहिले त्यो समय भएको छैन । अहिले केपी ओली नै प्रधानमन्त्री हुनुहुन्छ । तर दुई पार्टीबीच एकता हुँदा वैचारिक, सङ्गठनात्मक र सरकारको साझेदारीबारे जे सहमति भएको छ त्यसैअनुसार अगाडि बढ्नुपर्छ भन्ने कुरा भएको छ ।’