आईजी खनालले भने : संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन पाउनुपर्छ



हाम्रो इकोनोमि

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

खनालले खुला सीमा भएका प्रदेशहरुमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर पनि त्यस्तो अवस्थामा प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढने कानुनी व्यवस्था गर्न अति जरुरी रहेको बताएका हुन् ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै महानिरीक्षक खनालले मुलुकको भूसंवेदनशीलतालाई ध्यानमा राखेर पनि कतिपय विषयमा प्रदेश प्रहरीले संघीय प्रहरीसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि बताए ।

प्रहरी महानिरीक्षक खनालले प्रदेश प्रहरीले सम्बन्धित प्रदेशको आन्तरिक सुरक्षाको जिम्मा एक्लैले लिए पनि वीरगंज, भैरहवा, विराटनगरजस्ता नाकाहरुबाट आउने सक्ने राष्ट्रिय सुरक्षाको चुनौतीलाई सामना गर्न संघीय सरकारको सहकार्य र निर्देशन आवश्यक हुने तर्फ पनि समितिको गम्भीर ध्यानाकर्षण गराए ।

प्रहरी महानिरीक्षक खनालले खुला सीमासँग जोडिएका प्रदेशहरु सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षासम्बन्धी कानुन तय गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...