चर्चित गायिका सुनिता दुलालसँग प्रेम, बिबाह र सम्भोगको अन्र्तवार्ता



हाम्रो इकोनोमि

 

 

तीज क्वीन’ का रुपमा चर्चित छिन् गायिका सुनिता दुलाल । सुनिता प्रत्येक वर्ष नेपाली नारी लक्षित तीजमा गीत निकाल्छिन् अर्थात गाउँछिन् । उनले त्यतिकै ‘तीज क्वीन’ उपमा पाएकी होइनन् । ०६०÷०६१ सालयता उनले निरन्तर तीज गीत गाउँदै आएकी छन् । सुनिताको तीज गीतमा नेपाली मौलिकता पाइन्छ । सुनिताले यसपटक ‘पातै राम्रो पिपलुको फूलै राम्रो बेली’ बोलको गीत ल्याउँदैछिन् । तीज नारी पर्व भएकाले गीत पनि नारीप्रति सर्मपित हुनुपर्ने उनको मान्यता छ । यिनै ‘तीज क्वीन’ सुनितासँगको कुराकानी

 

यसपालीको तीजलाई के तयारी गर्दै हुनुहुन्छ ?

तीज गीतको तयारी गरेकी छु । यसपटक ‘पातै राम्रो पिपलुको फूलै राम्रो बेली’ बोलको गीत गाएकी छु । जसको भिडियो तयारी भइसकेको छ । अब केही दिनपछि रिलिज गर्दैछु ।  अरुका तीज गीत धमाधम आइरहेका छन् ।

तपाइँले किन ढिलो गुर्न भएको नि ?

ढिलो होइन । तीज आउन अझै एक महिनाभन्दा धेरै बाँकी छ । तीज गीत भनेको तीज आउनु दुई साता बाँकी हुँदा ल्याउने हो ।तीज गीत भन्ने अनि असारतिरै ल्याउनु भनेको त विकृति हो ।

 

तपाइँलाई किन ‘तीज क्वीन’ भनिएको नि ? 

 

त्यो त मलाई थाहा छैन । तर, मैले तीज गीत गाउन थालेको करिब डेढ दशक भयो । २०६०/०६१ सालयता निरन्तर तीजमा गीत ल्याउँदै आएकी छु । त्यसैले पनि ‘तीज क्वीन’ भनिएको हुनसक्छ । डेढ दशकयता तीज गीत गाउँदै आइरहनुभएको छ ।

फरकपनतिर ध्यान दिनुभएको छ कि छैन ?

 

मेरो हरेक तीज गीतहरु फरक–फरक शैलीका हुन्छन् । जति नै फरकपन दिएपनि म आफ्नो नेपालीपन र मौलिकतालाई भने भूल्दिनँ । यसपाली पनि फरक दिनु खोजेकी छु । त्यसै संगीतकार र निर्देशक समेत यसपाली फरक लिएकी छु ।

गायिका भएको नाताले भन्नुपर्दा तीज गीतमा विकृति देख्नु भएको छ कि छैन ?

 

धेरै विकृति छ । यहाँ तीज आउन कहिले–कहिले गीत निकाल्नु हतारिन्छन् । यो पनि विकृति नै हो । तीज गीतका शब्द र शैलीमा पनि विकृति भित्रिएको छ । जसले आम नारीलाई असर गरेको हुन्छ ।

 

यसपालीको तीजलाई के–के योजना बनाउनुभएको छ ?

 

तीजको संघारमै विदेशको कार्यक्रममा जाँदैछु । नेपालमा पनि धेरै कार्यक्रमहरु छ । यहाँको कार्यक्रम भ्याएर म अष्ट्रेलिया, अमेरिका, आयरल्याण्ड र युके जाँदैछु ।

 

तपाइँ प्राय तीजको समयमा बाहिरै हुनुहुन्छ है ?

 

हो, तर विदेशमा भए पनि नेपालमा हुने कार्यक्रमहरु भ्याएको हुन्छ । नेपाली नारीको चाड भएकाले मलाई तीज नेपालमै मनाउँदा रमाइलो लाग्छ ।

 

यसपालीको तीजमा त ‘वर’ माग्ने होला नि ? 

वर पाउँ भनेर म व्रत बस्दिनँ । निहाकार व्रत बसेर वर पाइन्छ भन्नेमा मलाई विश्वास पनि लाग्दैन । कार्यक्रममा गाउनुपर्ने भएकाले इनर्जी चाहिन्छ । त्यसैले व्रत बसेर साध्य हुँदैन । तैपनि साउन महिनाभर मन्दिर जाने, हरियो चुरा र सारी लगाउँछु ।

 

एकपटक घरजम गर्नु भयो भन्ने हल्ला सुनिएको थियो । के साँचो हो ?

 

होइन, अब अर्को वर्षचाहिँ गर्नु पर्ला भनेर सोच्दैछु । घरजम भन्ने कुरा आफूले भनेर मात्र हुँदैन । लेखेर आउनुपर्छ । यदि कुरा मिल्यो भने अर्को वर्षतिर चाहिँ घरजम गर्छु होला । देश–विदेश घुमिरहनुहुन्छ ।

 

तपाइँको मनले खाएका केटाहरु कतै न कतै भेट्नु भएको होला ?

 

मन पराउने र मन पर्नेहरु त कति भेटियो र भेटेँ पनि । तर, मन परेरमात्र हुँदैन । मन पनि मिल्नुपर्छ । अब चाहिँ मन मिल्यो र कुरा मिल्यो भने घरजम बसाल्छु ।

यौन सम्बन्ध भयो ? 

 

यो व्यक्तिगत कुरा हो । खोल्न जरुरी ठान्दिन । तर म नेपाली नारी हो बिबाह अघिको यौन सम्बन्ध स्वीकार्न सक्दिन ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...