बुहारीले सासू–ससुरा हेर्नुपर्छ भने अब ज्वाइँलेपनि सासू–ससुरा पाल्नुपर्ने यस्तो आयो नियम



हाम्रो इकोनोमि

 

 

नेपालको राष्ट्रिय राजनीतिमा बिन्दा पाण्डे एक चर्चित अनुहार हो । उहाँले लामो समय भइसक्दासम्म पनि विवाह गर्नुभएको छैन । नेकपा सांसद पाण्डे जेष्ठ नागरिकको स्याहारमा महिला र पुरुषलाई विभेद गर्न नहुने विचार राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो विषयमा पनि महिलालाई समस्या छ । जेष्ठ नागरिकलाई बुहारीले पाल्नुपर्ने तर ज्वाइँको दायित्व के हुने ?’

 

बुधबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा सांसद पाण्डेले यस्तो गुनासो पोख्नु भएको हो । संविधानले नै अंशमा छोरीको पनि उतिकै हक रहेका कारण संविधानविपरीत जान नहुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘परिवारको हक अन्तर्गत संविधानले नै सम्पत्तिमा समान हकको व्यवस्था गरेको छ ।

 

अरू स्थानीय तहमा अंश बण्डा हुँदा छोरीको छुट्याइएको छ कि छैन हेर्नु पनि पर्छ ।’ परिवारले नहेरेका जेष्ठ नागरिकलाई राज्यले उनीहरुको सम्पत्ति राखेर रेखदेख गनुपर्ने उहाँको तर्क छ । सम्पत्ति खाने तर जेष्ठ नागरिक नहेर्ने भन्ने कुरा उचित नभएको भन्दै यसतर्फ समितिको ध्यान जानुपर्ने उहाँले बताउनुभयो । जेष्ठ नागरिकलाई राज्यले हेर्नुपर्ने उहाँले बताउनुभयो ।

 

नर्सिङ होम र जेष्ठ नागरिक केन्द्रमा लगेर राखिएको छ भने त्यहाँ हेर्ने कर्मचारीको कति खर्च लाग्छ अन्तिममा त्यो खर्च उहाँको सम्पत्तिबाट उपभोग गरेर बाँकी रहेको मात्रै छोराछोरीले लिन पाउने व्यवस्था बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसदले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७० वर्षमाथिका जेष्ठ नागरिकलाई दिइने भत्ता अवैज्ञानिक भएको आरोप लगाए ।

 

नेपालीको सरदर आयुभन्दा माथिका जेष्ठ नागरिकलाई भत्ता दिनु अवैधानिक भएको उनीहरुको भनाइ छ । सांसदले ७० वर्षलाई घटाएर ६५ मा ल्याउन संसदले सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...