हेर्नुहोस यस्तो भावुक तस्वीर, मृत्युको क्षणमा बाँच्न २ बर्षकी छोरी पिताको टिसर्टमा छिरिन्



हाम्रो इकोनोमि

 

 

अहिले विश्वमा शरणार्थी बन्नेहरुको संख्या बढ्दै गएको छ । विश्वका शक्तिशाली देशहरुको चपेटमा परेर होस् वा आफ्नै आन्तरिक युद्धका कारण मानिसहरु शरणर्थी बन्न बाध्य भएका छन् । सन् २०१५ मा सिरियाली बालक एलन कुर्दीको तस्वीर सायद तपाईले बिर्सनु भएको छैन होला । समुन्द्रको किनारामा घोप्टो अवस्थामा तैरिरहेको बच्चाको शव देखेर पूरा संसार रोएको त्यो क्षण हाम्रो दिमागमा अहिले पनि छ । अहिले चार वर्षपछि अमेरिकाबाट यस्तै तस्वीर सार्वजनिक भएको छ ।

 

यो तस्वीरमा एक शरणार्थी पिता र उनको टिसर्टमा बेरिएकी उनकी छोरीको शव छ जसले एकपटक फेरि विश्वलाई रुवाएको छ । सेन्ट्रल अमेरिका नजिकै एउटा देश एल साल्भेडरमा बस्ने अस्कर एलबेर्तो मारटिनेज र्यामिरेज र उनकी छोरी वलेरियाको यो तस्वीर एक मेक्सिकेली पत्रिका ला जोर्नडाले छापेको हो ।

 

पहिलो पृष्ठमा छापिएको यो तस्वीर मंगलबारको संस्करणमा छापिएको हो जुन केही घण्टामा नै विश्वभर फैलिएको छ । करोडौले सेयर गरिसकेका छन् । घाँसै घाँस भएको एक नदी किनारामा अस्करसँग उनकी छोरी टाँस्सिएकी छिन् । यो अमेरिकी–मेक्सिकन बोर्डर नजिकैको रियो ग्रान्डको दृश्य हो । पत्रिकाको खबर अनुसार र्यामिरेज पछिल्लो लामो समयदेखि आफ्नो परिवारसँग अमेरिका प्रवेश गर्ने कोसिस गरिरहेका थिए । तर उनी असफल रहे । यसै कारण उनी तनावमा थिए । उनी अमेरिकामा बस्न चाहन्थे त्यसकारण त्यहाँ शरण मागिरहेका थिए ।

 

आइतबार जब उनी नदी पार गरिरहेका थिए तब केही बेरका लागि किनारामा बसेर आफ्नी श्रीमती पत्नी तानिया वैनेसा ओवलोसलाई प्रतिक्षा गरे । पत्नी नआएपछि उनी लिन भनेर हिडेका बेला उनकी छोरी वेलेरिया पानीमा खसिन् । उनलाई बचाउनका लागि उनी पनि हाम फाले । छोरीलाई बचाउनका लागि उनी बगिरहे । जब छोरीलाई समात्न सफल भए तब उनी यस्तो स्थानमा पुगिसकेका थिए जहाँबाट बाहिर निस्कन मुश्किल थियो ।

 

यसैकारण उनी छोरी र आफूलाई बचाउन सकेनन् । तस्वीरमा हेर्दा यस्तो देखिएको छ कि उनले छोरीलाई अन्तिमसम्म अगालो हालेका थिए । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मैनुअल लोपेज़ ओबराडोरले यो घटना एकदमै दुर्भाग्यपूर्ण भएको प्रतिकृया दिएका छन् । शरणार्थीलाई विश्वका जुनसुकै देशले शरण दिन सकोस् भन्ने माग स्वरुप हामी नेपालीपनि सक्दो सेयर गरौँ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...