गलबन्दी प्रकरणमा बोल्नैपर्ने कुरा



हाम्रो इकोनोमि
आज फेरि केही हरफ कोर्न मन लाग्यो । नेपाली समाज आज पनि स्वविवेक भन्दा पनि जन–लहर जता जान्छ उतै होमिन्छ । सवै मानिस विवेक प्रयोग गर्ने खालका हुदैनन् र सक्दैनन् पनि । नवुझी वोल्ने र लहैलहैमा दौडने वानीले व्यक्ति स्वयंलाई असर नगर्ला तर विषय संग सम्वन्धित लाई प्रभावित पार्दछ । कसैलाई उतार–चढाव सामान्य लाग्दा तर कसैले व्यवस्थापन गर्न नसक्दा जीवन नै तहस नहस बन्दछ । सवैको चाहना र क्षमता एकैखालको हुदैन, कोही प्रचार रूचाउछन् त कोही साधारण भएर बाँच्न चाहन्छन् कोही साँचै वदमास हुन्छन् त कसैलाई समय र परिस्थितीले वाध्य वनाउछ । प्रसंग गायक तथा संगीतकार प्रकास सपुत ।मानिसलाई क्षण भरमा उचालेर पल भरमै थेचार्ने नेपालीको चरित्र यसले छर्लङ पार्दछ । गायक प्रकाश सपुतका लोक दोहोरी गीत तथा अभिनय क्षमता अव्वल पाइन्छ । सामान्य गरिब परिवारवाट आफ्नो पहिचान वनाउदै गरेका प्रकाश सपुत देशकै गहना हुन् । आजको परिचयमा आउनलाई उनले कति संघर्ष गरे होलान् जसलाई गलबन्दिले अलि वढि मलजल गर्यो होला तर मन परिरहोस् गीत सुनेका स्रोता एकाएक किन गाली दिन थाले यो नेपालको विडम्बना हो र सत्य तथ्य नवुझी उफ्रनु नेपाली को स्वभाव ।कुरा रह्यो गीतको भाका वरिष्ठ गायक तथा संगीतकार सम्भु राई संग मिल्नु संजोक थियो वा मनसाय सम्वन्धित निकायको बहसको कुरा हो । जुन कुरा समाधान गर्नु हामी दर्शक स्रोताको पाटो होइन। जनता जनार्दन भन्दैमा कसैलाई एकैपलमा सेलिव्रेटि र फेरि एकै पलमा फोहोरको टोकरीमा राख्ने कस्तो खालको परम्परा हो ।

 

मन परे अनुसरण गरौं नपरे वेवास्ता गरौं किन कसैको पछि लागेर धुलो चटाउनु पर्योर ? सके देखी सुशान सभ्य र भयरहित समाज वनाउन लागौं । देशमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका हुदाहुदै हामीलाई पुलिस, न्यायधिस र सरकार किन वन्नु पर्यो। कसैको आलोचना गर्ने पनि सिमा हुन्छ होइन र ? दया धर्म र मानवता छोडेर समाज कता जादै छ ? नराम्रो कुरालाई नराम्रो भन्नु पनि धर्म हो तर सत्य तथ्य नवुझी कसैलाई उङ्गयाउन लागी पर्नु निन्दनीय कर्म हो ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...