नेकपाले असार १४ गते वृक्षारोपण कार्यक्रम गर्ने



हाम्रो इकोनोमि

 

 

नेकपाका ४४ जनवर्गीय संगठन नेपाल सरकारले घोषणा गरेको वृक्षरोपण वर्ष सफल पार्न लागिपर्ने भएका छन् । सचिवालय सदस्य एवं अखिल नेपाल किसान महासंघका संयोजक वामदेव गौतमको संयोजनमा बुधबार आयोजित जनवर्गीय संगठनको संयुक्त भेलाले असार १४ गते वृक्षरोपण कार्यक्रममा सक्रियतापूर्वक भाग लिने निर्णय गरेको छ । भेलामा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको विशेष उपस्थिति रहेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सरकारले असार १४ गते राष्ट्रव्यापी वृक्षरोपण कार्यक्रम सम्पन्न गरी वार्षिक वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको छ । उक्त दिन जनवर्गीय संगठनद्वारा सरकारको यस निर्णयलाई समर्थन गर्दै वर्षभरि अत्यन्तै उत्साहका साथ कार्यक्रममा भाग लिने प्रतिबद्धता व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘प्रकृतिप्रदत्त उपहारका रुपमा रहेको नेपालको संरक्षण यहाँका प्रत्येक नागरिकको कर्तव्य हो’, प्रतिबद्धतामा लेखिएको छ’, वातावरण र जैविक विविधताको सुरक्षा र संरक्षणको सबभन्दा महत्वपूर्ण काम नेपालको प्राकृतिक वनजंगलको संरक्षण र बाँकी सबै क्षेत्रमा हरियाली कायम गर्नु हो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...