बालुवाटार जग्गा प्रकरणमा ८६ जना अख्तियारको फन्दामा, हेर्नुहोस नाम सहित



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा ८६ जग्गाधनी तथा मोहीलाई बयानका लागि बोलाएको छ । त्यसमा मीनबहादुर गुरुङका छोरा कल्याण, शोभाकान्त ढकालका पत्नी उमाकुमारी र रामकुमारी सुवेदीकी पत्नी माधवी पनि छन् । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सम्पर्कमा नआएकाहरुको हकमा सार्वजनिक सूचना निकालेर ७ दिनभित्र बयानका लागि आउन भनिएको हो ।

 

अरु व्यक्तिहरु पनि छानविनको दायरामा आएका छन् । ‘अनुसन्धानका क्रममा रहेकाले को-को छन् भनेर भन्न मिल्दैन’ अख्तियारका प्रवक्ता कोइरालाले भने, ‘सार्वजनिक जग्गा पहिलो पटक जसको नाममा गएको थियो, उनीहरुमध्ये सम्पर्कमा नआएकाहरुका लागि मात्र सूचना निकालिएको हो ।’

हेर्नुहोस् अख्तियारले जारी गरेको सूचना

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...