म लोकल रक्सी पिउँदै पिउँदिन, नेपाली वियर चाँहि खान्छु– हाँस्यकलाकार शिवहरी पौडेल



हाम्रो इकोनोमि

 

 

२५ बर्ष लगातार रक्सी सेवन गरेका हास्यकलाकार शिवहरी पौडेल बिगत ९ बर्षदेखि सदाचारी बनेका थिए । तर शुत्र गतेको फिल्मले फेरी उनको संगत मदिरासँग गराई दिएको छ । ‘२५ बर्ष रक्सी खाएपछि बीचमा ९ बर्ष छोडेको थिएँ, तर साथीले पिलायो मलाई’ उनले भने ‘राजधानी काठमाडौंमा मदिरा पिउँदिन, बाहिर गएको बेला छोड्दिन ।’

 

नेपाली हास्य जगतका अब्बल कलाकार हुन् शिवहरी पौडेल । तर उनी मदिराको कुलतबाट भने मुक्ति पाउन सकेका छैनन् । पहिले उनी लोकल रक्सी पनि पिउथे तर आजभोली विदेशी रक्सी र नेपाली वियर मात्र पिउने गरेका छन् । ‘म काठमाडौंमा रक्सी पिउँदिन किनकी यहाँ मापासेको समस्या छ, बाहिर त टन्न पिउन मन लाग्छ’ उनले भने ‘म लोकल रक्सी पिउँदिन, महँगो भएपनि विदेशी रक्सी नै पिउने गरेको छु । नेपाली वियर मात्र पिउछु ।’

 

विदेशी रक्सी पिने बानी गरेपछि जस्ले पायो त्यसले पिलाउन नसक्ने बताए । पिलाउन खोजेपनि थोरै पिलाउने गरेको उनको अनुभव छ । लोकल पिउन थाल्दा जसले पनि पिलाउन खोज्ने भएका कारण विदेश रक्सी मात्र पिउने गरको उनले बताए ।

 

नेपालका अधिकाँस कलाकार मदिराका शौखिन छन् । ति मध्येका शिवहरी पनि हुन् । उनले मदिराविनाको रात ९ बर्ष कटाए । तर फेरी उनी मदिरासँग रात विताउने गरेका छन् । मदिरा छोड्दा साथीहरुसँग साथ छुटेको अनुभव गर्दछन् । ‘ए त्यो त केही खाँदैन नबोलाउ भन्छन् साथीहरु, अहिले अलि साथ छुटेको छ’ पौडेले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...