बालिका बलात्कार गर्नेलाई ६ वर्ष कैद



हाम्रो इकोनोमि

बालिका बलात्कार गरेको आरोपमा सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई सप्तरी जिल्ला अदालतले हिजो छ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले कारागारमा थुनामा रहेका आरोपितलाई छ वर्ष कैद सजायका साथै रु ५० हजार क्षतिपूर्ति भराउने अन्तिम फैसला गरेको हो । जिल्ला अदालतको आदेशमा आरोपित २०७५ वैशाख ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

पीडितकै घरकोठामा २०७४ चैत ९ गते बलात्कार गरेको भन्दै पीडितले भोलिपल्टै इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिनुभएको थियो । प्रहरीले २०७४ चैत १० गते नै आरोपितलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...