गर्मी बढेपछि स्कुलहरू बन्द



हाम्रो इकोनोमि

११ असार । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्र गाईघाटलगायतका स्थानमा केही दिनयतादेखि अत्यधिक मात्रमा गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।

त्रियुगा नगरपालिका शिक्षा तथा युवा खेलकूद शाखाले मङ्गलबार एक सूचना जारी गर्दै बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि त्रियुगा नगर क्षेत्रका सम्पूर्ण सरकारी विद्यालयहरू बन्द गर्ने निर्णय गरेको त्रियुगा नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाका अधिकृत जसबहादुर कार्कीले बताए ।

दुई हप्ता अघिसम्म ३६ डिग्री तापक्रम रहेको त्रियुगा नगरपालिका क्षेत्रमा एक सातायता अचानक ४४ डिग्री तापक्रम पुगेपछि दिउँसो विद्यालयमा अध्ययनरत छात्रछात्रा अत्यधिक गर्मीका कारण बेहोस भएर लड्ने शिक्षक शिक्षिकासमेत बेहोस हुनेजस्ता अवस्था आएको कारण तीन दिनका लागि सरकारी विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरशिक्षा एकाइ समितिले बताएको छ ।

अहिले त्रियुगा नगरपालिका क्षेत्रमा दिनमा अत्यधिक गर्मी भएको कारण दिनमा कोही पनि घरबाट बाहिर निक्लने अवस्था नभएको स्थानीय देवराज खड्काले बताए । यस्तै गर्मीका कारण दिनमा तीन घण्टा सडक क्षेत्र तथा बजार क्षेत्रमा मानिसको चहलपहलसमेत ठप्प हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...