यी ७ गुण हुने पुरूषप्रति आकर्षित हुन्छन् महिला वा केटीहरू



हाम्रो इकोनोमि

 

 

हरेक महिलाको चाहना हुन्छ आफ्नो पुरुष पार्टनरमा राम्रो खुबी होस भन्ने । पुरुषहरुको केही गुणहरुकै कारण महिलाहरु उसप्रति आकर्षित हुने गर्दछन् । यो स्वाभाविक र दुनियाको सर्वमान्य कुरा पनि हो । महिला वा केटीहरुलाई पुरुषको कुन कुराले बढी आकर्षित गर्दछ भनेर थुप्रै अध्ययन अनुसन्धानहरु समेत भएका छन् । बिभिन्न अन्तराष्ट्र्रिय सञ्चार माध्यमहरुमा यसबारेमा खबरहरु पनि प्रकाशित हुँदै आएका छन् । विभिन्न एजेन्सीहरुको सहयोगमा हामीले यहाँ पुरुषका ती ७ खुबी वा गुणहरुका बारेमा चर्चा गर्दै छौँ जसका लागि महिला वा केटीहरु निकै आकर्षित हुन्छन् ।

 

१) महिलाहरुलाई त्यस्ता पुरुषहरु बढी मन पर्ने गर्दैछ जसको सेन्स अफ ह्युमर राम्रो हुन्छ । यस्ता पुरुषहरु आफू खुसी हुनुका साथै नजिकका अरुलाई पनि खुसी राख्ने क्षमता राख्दछन् । त्यसैले यसखालका गुण भएका पुरुषहरु प्रति महिला वा केटीहरु निकै आकर्षित हुन्छन् ।

 

२) एक अनुसन्धानबाट यस्तो निष्कर्ष आएको छ । जुन पुरुषमा जनरल नलेज राम्रो हुन्छ त्यस्ता पुरुषहरु प्रति पनि महिलाहरु बढी आकर्षित हुन्छन् । महिलाहरु यस कुरामा यस कारण पनि विश्वास गर्छन् की यस्ता पुरुषहरुले साना साना कुराहरुमा ध्यानदिन्छन् जसका कारण पारिवारिक झगडा हुँदैन ।

 

३) संवेदनशीलता महिलाले पुरुषमा खोज्ने अर्को महत्वपूर्ण गुण हो । अध्ययन अनुसार महिलाहरुको धारणा यो हुन्छ की संवेदनशील पुरुषहरुको दिल साफ हुन्छ । उनीहरु चोखो मायाँ र विश्वास गर्छन् ।

 

४) सहयोगी भावना र ब्यवहार भएका पुरुषहरुप्रति पनि महिलाहरु निकै आकर्षित हुने अध्ययन रिपोर्टमा बताइएको छ । यस्ता पुरुषहरुले महिलाहरुको सम्मान गर्न जानेका हुन्छन् । उनीहरु महिलाहरुको समस्यामा सहयोग गर्न कहिल्लै पनि पछि हट्दैनन् । तपाईहरुले ध्यान दिनु भएको पनि छ होला चलचित्रका कहानीहरुमा पनि त यस्ता दृष्यहरु प्रष्टैसँग देखाइएका हुन्छन् ।

 

५) यो कुरा सुन्दा तपाई अचम्म र सामान्य पनि लाग्दछ होला अध्ययन भन्छ जुन पुरुषहरुले राम्रो खाना बनाउन जानेका हुन्छन् त्यस्ता पुरुषहरुप्रति पनि महिलाहरु बढी आकर्षित हुने गर्दछन् । रिसर्चका क्रममा करिब ८० प्रतिशत महिलाले यो कुरा बताएका छन् ।

६) इमान्दार पुरुषहरुप्रति पनि महिलाहरु आकर्षित हुन्छन् । छलककट गर्ने पुरुषहरु महिलाले मन पराउँदैनन् । हरेक महिलाको चाहना हुन्छ उसको जीवनसाथी वा पुरुष पार्टनर इमान्दार होस् भन्ने ।

 

७) विश्वास अर्को कुरा हो जसले महिलाहरुलाई आकर्षित गर्दछ । कुनै पनि सम्बन्ध दीगो बन्नका लागि आवस्यक पर्ने कुरा भनेकै विश्वसनीयता हो । महिलाहरुले सम्बन्ध जोड्नु पहिले पुरुषको विश्वसनीयता पनि हेर्ने गरेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...