नेता भट्टराईले भने यो व्यवस्थै उल्टाउने खेल भईरहेको छ



हाम्रो इकोनोमि

 

 

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्टाउनकै लागि विभिन्न प्रकारका देशी विदेशी खेल भइरहेको बताइएको छ ।

हालै मात्र नेपाल हिन्दू राज्य हुनुपर्छ भनी भारतीय संस्थापन अन्तर्गत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अभिव्यक्ति दिएका थिए ।

त्यसले पनि केही संकेत गरेको थियो । अर्को, अमेरिकाको एउटा प्रतिवेदनले नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि भारतीय पक्षले ठूलो रकम खर्च गरेको जनाएको थियो ।

यसबीच, नेपालको व्यवस्था परिवर्तनका निम्ति अनेक खेल चलिरहेको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र विज्ञ राजन भट्टराईले गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणालीबाट उत्पन्न जनअसन्तुष्टिका माध्यमबाट सक्दा वर्तमान व्यवस्था र संविधान उल्टाउने नभए वर्तमान सरकारका विरुद्ध प्रयोग गर्ने । यसका लागी कुन कुन ब्यक्ति र शक्तिहरुलाई एकठाउँमा ल्याएर मुलुकमा अस्थिरता र अन्योलता स्रीजना गर्न सकिन्छ त्यो गर्ने खेल भइरहेको छ ।’

यस्तो प्रयोगका बारेमा पनि खुलाउँदै उनले जोडेका छन्,‘यसका लागि भित्र र बाहिरका केही शक्तिहरु सक्रिय हुंदै गरेको अवस्था । अर्थात् इतिहास पुनरावृत्ति गर्ने दुश्प्रयास । समय मै सचेत भै जनमतको कदर गर्दै जन अपेक्षा पूरा गर्न तर्फ सबै केन्द्रित होऔं ।’

प्रधानमन्त्रीका विदेश विज्ञकै धारणा यसरी आएपछि सरकारलाई अहिले घेराबन्दीमा पारिएको बुझ्न कठिन छैन । अधिकारीहरूले नेपालको व्यवस्था परिवर्तनका निम्ति नै ठूलो प्रयोग भइरहेको सूचना प्रधानमन्त्री कार्यालयमा पुराएका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...