हलेसी दर्शन गरेर काठमाडौ फर्किदै गर्दा परिवार नै सखाप



हाम्रो इकोनोमि
 

खोटाङको हलेसी महादेवको दर्शन गरेर काठमाडौ फर्किदै गर्दा परिवार नै सखाप भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा एकै परिवारका दुईको मृत्यु भयो भने २ जना गम्भीर घाईते भए ।

 

दुर्घटनामा कार चलाएर हलेसी दर्शन गर्न गएका ५८ वर्षीय दीपक लामिछानेकी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र दिपकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

 

यस्तै दुर्घटनामा कार चालक ५८ वर्षीय दीपक लामिछाने र मृतक अच्युतकी छोरी २६ वर्षीया आस्था लामिछाने घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

विपी राजमार्गअन्तर्गत खोटाङ हलेसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा१३च ३७९३ नंको कार गए राति आफैँ अनियन्त्रित भई सडकबाट २०० मिटर तल सुनकोशी नदी किनार नजिक खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...