विप्लवको बन्दले राजधानीलाई छोएन, विभिन्न स्थानमा संकास्पद बस्तु



हाम्रो इकोनोमि

 

 

उपत्यकामा नेत्र विक्रम चन्द नेतृत्वकोे नेकपा माओवादीले आह्वान गरेको बन्दको आंशिक प्रभाव देखिएको छ । सार्वजनिक सवारी साधन फाट्टफुट्ट चले पनि निजी सवारीसाधन सामान्य अवस्थामा जस्तै चलेको छ । अधिकांश शिक्षण संस्थाहरू बन्द रहेका कारण सडकमा यातायातको चाप भने कम छ ।

 

बन्दका कारण लामो दूरीका गाडी चल्न सकेका छैनन् । काठमाडाैं उपत्यकामा छोटो दूरीका गाडी पनि कम मात्रै चलेका छन् । बन्दका कारण बिहानै आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

 

ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम भेटिएको छ । मंगलबार बिहान जावलाखेल खेल मैदान अगाडि होटलको सटरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे निष्क्रिय बनाएको छ ।

 

बिहीबार सर्लाही लखनदेहीमा विप्लव समूहका कुमार पौडेललाई प्रहरीले पक्राउ गरेपछि हत्या गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले मंगलबार बन्द आह्वान गरेको हो । प्रहरीले भने पौडेल विभिन्न अपराधमा पनि संलग्न रहेको र प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाहीमा मारिएको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...