संसदमा पुग्यो ‘गलबन्दी’ विवाद, आन्दोलनमा उत्रने काँग्रेस सांसदको चेतावनी



हाम्रो इकोनोमि

 

प्रकाश सपुतको लोकगीत ‘गलबन्दी’ विवादको विषय संसदमा पनि उठेको छ । काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले सपुतको गीत आफ्नो गीतसँग लय मिलेको भन्दै शम्भु राईले मुद्दा हालेको विषयमा आपत्ति जनाएका छन् ।

‘एक दिन एकपटक एक कलाकारले कुनै एक समयमा गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन । गाउँघरमा, रोधीघरमा, मेलापातमा, गोठालामा स्वस्फूर्त गाउने भाका नै लोकभाका हो । यो न नक्कल हुन्छ न चोरी गरिन्छ,’ सांसद विश्वकर्माले भने, ‘यद्यपि प्रकाश सपुतले गाएको गीतको भाका कसैसँग मिल्दैन । शम्भु राईसँग त झन् मिल्दैन ।’

यति मात्र हाेइन पछिल्लो समय प्रकाश सपुतमाथि जातीय भेदभावका दृष्टिले गालीगलाैज गरिएको भन्दै सांसद विश्वकर्माले आपत्ति जनाए ।

‘राई र उनका मतियारले सामाजिक सञ्जालको दुरुपयोग गरी सपुतलाई जातीय भेदभागका दृष्टिले गालीगलौज गरर्ने र हतोत्साही बनाउने काम गरिएको छ,’ उनले भने  ।

उनले संविधान, सदभाव र कानूनको विरुद्ध हुने गरी दलित समुदायलाई अपमानित हुने गरी अपमान गरेको हुनाले साइबर कानून अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत कारवाहीको माग गरे ।

कारबाहीको प्रक्रिया नथालिए सिंगो दलित समुदाय आन्दोलनमा उत्रने पनि सांसद विश्वकर्माले चेतावनी दिए । सरकारले जातीय विभेदात्मक मान्यतालाई प्रसय दिएको उनले आरोप लगाए ।

के बालक के वृद्ध सबैको मनमा बस्न सफल यो गीत देशमा मात्र नभएर विदेशमा पनि गुनगुनाईरहेको बताए । साथै उनले यो गीतले नेपाली परम्परा र सँस्कृतिको विकासलाई यो गीतले टेवा दिएको बताएका छन् ।

सपुतको गीत आफ्नो गीतसँग मिलेको भन्दै गायक राईले कपीराइटको उजुरी दर्ता गराइसकेका छन् । सांसद विश्वकर्माले यसरी मुद्दा हाल्नु प्रतिष्ठित कलाकारका हिसाबमा लज्जाको विषय भएको बताए ।

तीस दिनमा डेढ करोड पटक हेरिनु चानचुने कुरा होइन भन्दै यो गीतका सर्जक प्रकाश सपूत र गायिका शान्ति श्री परियारलाई सरकारले उचित सम्मान गर्नु पर्नेमा सत्तारुढ दलका समर्थक शम्भु राईले गीत चोरी भएको आरोप लगाएको भन्दै सांसद विश्वकर्माले आपत्ती जनाए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...