संसदमा पुग्यो ‘गलबन्दी’ विवाद, आन्दोलनमा उत्रने काँग्रेस सांसदको चेतावनी



हाम्रो इकोनोमि

 

प्रकाश सपुतको लोकगीत ‘गलबन्दी’ विवादको विषय संसदमा पनि उठेको छ । काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले सपुतको गीत आफ्नो गीतसँग लय मिलेको भन्दै शम्भु राईले मुद्दा हालेको विषयमा आपत्ति जनाएका छन् ।

‘एक दिन एकपटक एक कलाकारले कुनै एक समयमा गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन । गाउँघरमा, रोधीघरमा, मेलापातमा, गोठालामा स्वस्फूर्त गाउने भाका नै लोकभाका हो । यो न नक्कल हुन्छ न चोरी गरिन्छ,’ सांसद विश्वकर्माले भने, ‘यद्यपि प्रकाश सपुतले गाएको गीतको भाका कसैसँग मिल्दैन । शम्भु राईसँग त झन् मिल्दैन ।’

यति मात्र हाेइन पछिल्लो समय प्रकाश सपुतमाथि जातीय भेदभावका दृष्टिले गालीगलाैज गरिएको भन्दै सांसद विश्वकर्माले आपत्ति जनाए ।

‘राई र उनका मतियारले सामाजिक सञ्जालको दुरुपयोग गरी सपुतलाई जातीय भेदभागका दृष्टिले गालीगलौज गरर्ने र हतोत्साही बनाउने काम गरिएको छ,’ उनले भने  ।

उनले संविधान, सदभाव र कानूनको विरुद्ध हुने गरी दलित समुदायलाई अपमानित हुने गरी अपमान गरेको हुनाले साइबर कानून अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत कारवाहीको माग गरे ।

कारबाहीको प्रक्रिया नथालिए सिंगो दलित समुदाय आन्दोलनमा उत्रने पनि सांसद विश्वकर्माले चेतावनी दिए । सरकारले जातीय विभेदात्मक मान्यतालाई प्रसय दिएको उनले आरोप लगाए ।

के बालक के वृद्ध सबैको मनमा बस्न सफल यो गीत देशमा मात्र नभएर विदेशमा पनि गुनगुनाईरहेको बताए । साथै उनले यो गीतले नेपाली परम्परा र सँस्कृतिको विकासलाई यो गीतले टेवा दिएको बताएका छन् ।

सपुतको गीत आफ्नो गीतसँग मिलेको भन्दै गायक राईले कपीराइटको उजुरी दर्ता गराइसकेका छन् । सांसद विश्वकर्माले यसरी मुद्दा हाल्नु प्रतिष्ठित कलाकारका हिसाबमा लज्जाको विषय भएको बताए ।

तीस दिनमा डेढ करोड पटक हेरिनु चानचुने कुरा होइन भन्दै यो गीतका सर्जक प्रकाश सपूत र गायिका शान्ति श्री परियारलाई सरकारले उचित सम्मान गर्नु पर्नेमा सत्तारुढ दलका समर्थक शम्भु राईले गीत चोरी भएको आरोप लगाएको भन्दै सांसद विश्वकर्माले आपत्ती जनाए ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...