नेपालमै बन्न थालेका कारको नाम ‘दा भिन्ची’, यस्तो छ माइलेज र मुल्य



हाम्रो इकोनोमि

 

कसैले सोचेकै थिएन । अहिले नै नेपालमा कार उत्पादन हो ? तर भयो नै लियोनार्दो दा भिन्ची इटालीयन कलाकार, आविष्कारक तथा एक चिन्तक थिए । अहिले देखिएका कयौ आविष्कारहरुको ब्लुप्रिन्ट उनले सन् १४०० को दशकमा कोरिसकेका थिए । उनैका नाममा नेपालमा कार उत्पादन हुन थालेको छ ।

 

दा भिन्चीले मोनालीसाको तस्वीर विश्वलाई अहिलेसम्म पनि रहस्यमय तथा चर्चित उपहारको रुपमा दिएर गएका छन् । यस्ता बहुआयामिक दा भिन्चीको नाममा नेपालमा इलेक्ट्रीक कार बनिरहेको छ । नेपालको पहिलो गाडी उत्पादक कम्पनी हुलास मोटर्सले उत्पादन गरिरहेको इलेक्ट्रीक कारको नाम ‘दा भिन्ची’ राखेको छ ।

 

कम्पनीका अनुसार यो गाडी मध्यम वर्ग लक्षित गरेर निर्माण गरिएको छ, जसलाई मध्यम आए भएका परिवारले सहजै खरिद गर्न सक्ने छन् । यस कारमा रहेका फिचरहरु मूल्यभन्दा निकै उत्कृष्ट रहने छ ।

 

यो कार निकै सुन्दर कम्प्याक्ट र चलाउन असाध्यै सजिलो हुनेछ । कारमा गियर हुने छैन भने काठमाडौंको व्यस्थ ट्राफिकमा पनि चलाउन सहज हुनेछ । जीरो इमिसन अर्थात वातावरणमैत्री रहने छ । यो कार वातानकुलीत हुनेछ जसलाई चलाएर हिड्न जाडो वा गर्मी दुबै मौसममा आरामदायी हुनेछ ।

 

प्रतिघन्टा ६५ किलोमिटरको गतिमा चलाउन सकिने यो कार सहरी क्षेत्रमा दैनिक कार्य गर्न पर्याप्त रहने छ । साथै कारमा एक पटकको फुल चार्जमा १ सय ७० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने कम्पनीले जनाएको छ । यसलाई घरको सामान्य प्लगमा जोडर चार्जगर्दा फुल चार्ज हुन ८ देखि १० घण्टासम्म लाग्नेछ ।

 

कारमा आधुनिक फिचर दिइएको छ । पावर स्टेरिङ्ग, पावर ब्रेकिङ सिस्टम, पावर विण्डो तथा सेन्ट्रल लकिङ्ग सिस्टमजस्ता फिचरले कारलाई निकै मोर्डन बनाउने छ ।

 

कार व्याकगर्दा सहज होस् भनेर कारमा रियर क्यामरा र रियस सेन्सर जस्ता फिचर दिइएको छ । आज भोलिका कारमा टचस्कृन भएन भने ड्यासबोर्ड खाली जस्तै देखिन्छ । त्यसैले यसलाई पुरा गर्न कम्पनीले ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइने छ ।

केही वर्ष अगाडि नेपालमा चर्चित भएको टाटाको नानो कार भन्दा केही ठूलो साइजमा बन्ने यो कार २० डिग्रीको उकालोमा सजिलै चढ्न सक्ने छ ।

 

नेपालको बाटोको अवस्थालाई मध्यनजर राख्दै तयार गरिएको यो कारमा १ सय ८० एमएमको ग्राउण्ड क्लियरेन्स रहने जनाइएको छ । यो ग्राउन्ड क्लियरेन्स इलेक्ट्रीक कारमा उत्कृष्ट हो ।

 

पाँच जना यात्रुको बस्ने सीट रहेको यो कारको तौल ८ सय केजी रहने कम्पनीले जनाएको छ । यसको मूल्य १५ देखि २० लाख भित्रै रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...