हेर्नुहोस् २० तस्बिरमा बलिउडकी चर्चित अभिनेत्री माधुरी दिक्षित



हाम्रो इकोनोमि

बलिउडकी चर्चित अभिनेत्री हुन् माधुरी दिक्षित । उनीले चलचित्र ‘अबोध ‘ (१९८४) बाट भारतीय चलचित्रमा कदम चालेकी थिइन् भने उक्त चलचित्रले बक्स अफिसमा बम्पर कलेक्सन गरेको थियो । उनी पहिलो चलचित्रबाटै एकाएक चर्चामा आएकी थिइन् । उनको अभिनय र लोभ लाग्दो सुन्दरताले दर्शकहरुको मन मुटुमा बसेकी छिन् ।

उनी विविध बिषयले सामाजिक संजालमा भाइरल भएकी हुन्छिन । कहिले अनिल कपूरसँगको प्रेम सम्बन्ध लिएर , कहिले संञ्जय दत्तसँगको प्रेमको बिषय त कहिले विनोद खन्नासँग ‘कीस’ सीन । उनी अहिले राजनीतिक बिषयको कारणले एकाएक सामाजिक संजालमा भाइरल भएकी छिन् । उनी (भा.ज.पा) पार्टीबाट लोकसभा निर्वाचनमा महाराष्ट्रको पूणेबाट चुनावी लडेकी थिइन् ।

उनीले अभिनय गरेका चलचित्र ‘ तेजाब ‘ (१९८८) , ‘राम लखन’ (१९८९) , ‘परिन्दा’ (१९८९), ‘त्रिदेव’ (१९८९), ‘आवारा बाप (१९८५) ,’स्वाति’ (१९८६), ‘ उत्तर दक्षिण’ (१९८७) , ‘ दयावान’ (१९८८) सुपरहिट भएका छन् । धेरै बर्ष पछि उनले चलचित्र ‘टोटल धमाल’ र ‘कलंक’ मा दमदार प्रस्तुति ल्याएर दर्शक माझ आएकी थिइन् ।उनका दुवै चलचित्र व्यापारिक हिसाबले सफल भएका थिए ।

उनले (१९९१) – फ़िल्मफ़ेयर सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार चलचित्र ‘ दिल’ ,  (१९९३) फ़िल्मफ़ेयर सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार चलचित्र ‘बेटा’,  (१९९५) फ़िल्मफ़ेयर सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार चलचित्र ‘हम आपके हैं कौन’,  (१९९८) फ़िल्मफ़ेयर सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार चलचित्र ‘दिल तो पागल है ,  (२००३) फ़िल्मफ़ेयर सर्वश्रेष्ठ सहायक अभिनेत्री पुरस्कार चलचित्र ‘ देवदास’ पाउन सफल भएकी थिइन् ।

उनीले लगातार ५ पटक उत्कृट अभिनेत्री अवार्ड पाएकी थिइन् ।

हेर्नुहोस् फोटो फिचर :

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...