भारतिय साथीको हत्याको आरोपमा २२ बर्षे नेपाली केटो ३० महिनादेखि कतारको जेलमा । देश फर्काउन ८२ लाख व्लड मनी मागियो (भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

नमस्कार म शिशिर भण्डारी..भरतपुर महानगरपालिका वडा नं १५ का ढाका मोहन रानाभाटको घरमा यतिबेला ठुलो बज्रापात परेको छ ।

कतार गएको २२ बर्षको छोरा बिनोद रानाभाट यतिबेला कतारको जेलमा छन् । गर्दै नगरेको हत्याको आरोपमा बिनोद ३० महिनादेखि कतारको जेलमा नरकिय जीवन बिताईरहेका छन् ।

जनरल क्लिनरमा काम गर्न कतार गएको केहि महिनामै एक भारतिय साथीलाई हस्पिटल लैजान लाग्दा उनी नै हत्याको आरोपमा जेल परे ।

आफ्नो देश, आमा र परिवार सम्झेर आंशु पिईरहेका बिनोदलाई नेपाल झिकाउन मृतक भारतियको परिवारले २ लाख ६० हजार कतारी रियाल व्लड मनी मागेको छ ।

अर्थात नेपाली रकम ८२ लाख भएमात्र मोहनलाई देश फिर्ता गर्न सकिन्छ । हामी नेपाली मिलेर सबैले सहयोग गरे, मोहन चांडै नै नेपाल फिर्ता हुनेछन् । यो परिवारको आंशुलाई हेरेर सबैले सहयोग गरौं ।

बिनोदलाई आफ्नै छोरानाती सम्झेर सबैले सहयोग गरौं । एउटा निर्दोष नेपालीलाई बिदेशमा फांसीको सजाय हुनबाट बचाऊं, म शिशिर भण्डारी सबैलाई दुई हात जोडेर बिन्ती गर्दछु ।

सहयोग गर्नका लागि म शिशिर भण्डारीलाई ९८११००६९२९ मा सम्पर्क गर्नुहोला- हेर्नुहोस, यस्तो दर्दनाक भिडियो..बिनोदले आमालाई रुदै फोन गरे र भने, आमा म बाँच्न चाहन्छु मलाई बचाउनुहोस ।

https://www.youtube.com/watch?v=zoHtpCSylvY

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...