यीनले बुद्धमाथी बसेर संसारकै मानिसलाई रुवाईन्, ट्रोलपछि मागिन् माफी



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेता आयुष्मान खुरानाकी पत्नी ताहिरा कश्यपले आफ्नो एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरिन् । यस तस्वीरमा उनलाई भगवान बुद्धको मुर्तीमाथि बसिरहेको देख्न सकिन्छ । उनले यो फोटो आफ्नो इस्टाग्राममा सेयर गरेकी थिईन् जुन अहिले डिलिट भएको छ । उनले तस्वीर हटाउँदै सबैसँग माफिसमेत मागेकी छिन् ।

 

ताहिराले फोटो डिलीट गर्दै लेखेकी छिन, ‘म मेरो हर्कतका कारण कसैलाई दुःख पुगोस भन्ने चाहान्न । आनजानमा म बाट भएको गल्तीका लागि म सबैसँग माफि माग्छु । सबैलाई प्रेम र शान्तिको कामना गर्दछु ।’

ताहिराले आत्मंतन वेलनेस रिर्सोर्टका बारेमा पनि भनिन, ‘आत्मंतन सबैभन्दा सुन्दर, आरामदायक अनुभव थियो, जुन प्रकृतिसँग जोडिएको छ । नाइट सूट मा मजा गर्ने देखि लिएर जामुन संकलन गरेर खानु वास्तवमा मेरा लागि मिठो अनुभव थियो । साथै मैले मेरो छोरालाई सुन्दर व्यापारिक योजना देखाए ।मेरो छोरा हाम्रो भविष्यलाई लिएर धेरै चिन्ता गर्ने गर्दछ ।’

ताहिरा पुणे स्थित यस रिर्सोर्टमा छुट्टी मनाउँन गएकी थिईन । उनले त्यही बुद्धको मुर्तीमाथि बसेर फोटो खिचेको स्वीकार गरेकी छन् । उक्त तस्वीर सेयर गरेपछि सामाजिक सञ्जालमा आलोचा सुरु भएको थियो ।

एक प्रयोगकर्ताले भने, ‘एकदमै दुःखद कुरा, बुद्धको मुक्तिमाथि बस्नु बेवकूफाना हरकत हो । पढेलेखेका मान्छेहरु यस्तो बेवकूफी गरिरहेका छन् । यो अवस्थामा अनपढ़ के गर्लान ? तिमीले साँच्चै मूर्खतापूर्ण काम गरेको हो ।

भगवानलाई सम्मान त देउ ।’ अर्को एक जनाले सबै धर्मको सम्मान गर्दै बुद्धमाथि बस्नु गलत भएको जानकारी दिएका छन् ।

अर्को प्रतिकृयामा बुद्धको मुर्तिमाथि बसेको तस्वीर सेयर गर्दा उनिप्रतिको सम्मान कम भएको भनिएको छ । यो वास्तवमा बौद्ध धर्म मान्नेहरुका लागि एकदमै अपमानजनक कार्य भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...