आज बर्षकै सबैभन्दा लामो दिन : यसकारण अति महत्वपूर्ण छ



हाम्रो इकोनोमि

आज यस वर्षकै विशेष दिन पर्न गएको छ । आज जून २१ तारिख अर्थात वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ ।

नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुने जानकारी दिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा ५ बजेर ९ मिनेट जाँदा सुर्योदय भएको छ भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ ।

 

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ ।

यो वर्ष आजको दिन लामो हुने भएको हो । अर्को महत्वपुर्ण कुरा भोलिदेखि दिन छोटो र रात लामो हुँदै जान्छ ।

यस्तै, नेपालमा अहिले गर्मी चर्को हुँदै गएपनि आजदेखि औपचारिक रुपमा गर्मी सुरु भएको मानिदै आएको छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छन ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...