मेयर सा’व महिलालाई गाली गर्दा तपाँइकी आमा, श्रीमती, छोरी र बहिनीको याद आएन ?



हाम्रो इकोनोमि

 

पछिल्लो समय इटहरीको माहोल तातेको छ । स्थानिय सरकार प्रमुख तथा हाम्रा अभिभावक इटहरी उप महानगरपालिकाका मेयरको कारणले इटहरी तातेको समाचार राष्ट्रिय मुद्धा बनिरहेको छ ।

कहिले पत्रकारलाइ लोपार्ने, कहिले कर्मचारी कुट्ने त कहिले पत्रकारको नाकको मुल्य तोक्ने जस्ता अमानविय र अमर्यादिद अभिव्यक्ति र व्यवहारका कारण मेयर द्धारिकलाल चौधरी चर्चाको शिखरमा पुगेका छन् ।

एउटा कार्यक्रममा बोल्ने क्रममा उनको अभिव्यक्ति, महिलाप्रतिको उनको दृष्टिकोण र बोल्ने क्रममा प्रयोग गरेका शव्दावलीले उनी हाम्रा अभिभावक हुन भन्न पनि लज्जा बोध गरायो ।

उनको अभिव्यक्तिको शिलशिला हेर्दा पालिका भित्र भएका बेथितिहरुको बेलीबिस्तार लगाउदै गरेको देखिन्छ ।

जसको सुरुमा यौन व्यवसाय गर्ने महिलाहरुलाई इंकित गरेर रण्डिको उपमा दिएका छन । शाव्दिक रुपमा यो शव्दले यौन व्यवसायबाट जीविका चलाउने स्त्रीलाइ बुभाउँछ ।

अब भन्नुस यौन महिलाले मात्र गरिने विषय हो ? तपाँइको प्रहार पुरुषहरुप्रति किन लक्षित भएन ? महिला एक्लै रण्डि हुन्छे ? घरभाडा लगाउन, मनोरञ्जन गर्न,कण्डम बेच्न र पिल्स बेच्न पनि यिनै महिला चाहिने रहेछ ।

कस्मेटिक्सका साधनहरु पनि यिनिहरुले नै बढि प्रयोग गर्दा रहेछन ।

यसो भनेर पटक पटक सुन्न पनि असहज हुने शव्दावलीको प्रयोग गर्दा एक पटक पनि तपाँइकी आमा, श्रीमती, छोरी र बहिनीको याद आएन…..?

यौन व्यवसाय सभ्य समाजमा हुनुहुन्न । यसको निर्मुलीकरण हुनुपर्छ । जसले सम्वृद्ध नगरको ढोका खोल्ले कुरा निसन्देह छ । यहाँको अभिव्यक्तिको आयश ठिक छ । तर यौनजन्य गतिविधि बढिरहेको विषयप्रति गहिरो अनुसन्धान, तथ्यगत विश्लेषण नगरि एकपक्षि रुपले महिला माथि दोष थोपर्नु र भद्दा शब्दहरुकोप्रयोग गर्नु पदीय मर्यादा विपरित मात्र नभएर खेदजन्य छ । यसबाट ५१ % महिलाप्रति भएको अपमानको मुल्य तिर्न फेरीपनि कुनै घडेरी छुट्याउनु भएको छ ?पत्रकारको नाकको डाँडी भाँच्न छुट्याए जसरी ।

होटल व्यवसायमा काम गर्ने महिलाले चाँही बढी कपडा र लिपिस्टिक लगाउँदा रहेछन भन्ने यहाँको अभिव्यक्तिले होटल व्यवसायमा काम गर्ने महिलाले प्रयोग गर्ने सौन्दर्यका शाधनकोे मानक निर्धारण गरिदिएको छ ।

साथै सबै पेशालाई समान रुपमा हेने नसक्र्ने विभेदकारी दृष्टिकोण छर्लङ्ग हुन्छ । के तपाँइलाइ यो छुट छ ? कुनै पनि महिलालाइ यौन व्यवसाय गर्ने रहर हुदैन ।

किन होटल व्यवसायमा यस प्रकारका गतिविधिहरु भएका छन्? कसरी निर्मूल गर्न सकिन्छ ? यसका जरा कारण के हुन ? भन्ने विषयमा ध्यान जानु पर्ने हो कि हैन ?

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...