ओली र दाहाल प्रचण्डबीच सरकार पुनर्गठनको तयारी, क कसको जाने भयो जागीर, कोको थपिने भए मन्त्री



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार पुनर्गठनका सम्बन्धमा सहमति भएको छ । बअ आउने नयाँ अनुहारमा नेकपाका नेता पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, योगेश भटराई, महेश बस्नेत र कृष्णगोपाल श्रेष्ठ छन भने विदाई हुनेमा विना मगर, रघुबिर महाँसेठ, लालबाबु पण्डित र चक्रपाणी खनालको जागीर चट् हुने भएको स्रोतको दाबी छ ।

 

 

मन्त्रीहरूकै कार्य सम्पादन र मुल्यांकनका आधारमा प्रधानमन्त्री ओलीले सरकारमा मन्त्री हेरफेरको तयारी गरेका हुन् । यस विषयमा परामर्श भएको र केही दिनमा नै सरकार पुनर्गठन हुने अध्यक्ष प्रचण्डले खुलाए ।

 

पूर्वएमाले र पूर्वमाओवादीको भागवन्डाका आधारमा मन्त्रीहरूको नियुक्ति गरिएको थियो । अब, सरकारमा अध्यक्ष ओली र प्रचण्डले पार्टी एकीकरणमा गरेको अनुपातकै आधारमा नेकपाको मन्त्रीमण्डल पुनर्गठन गर्नेछन् । यस विषयमा बुधबार बालुवाटारमा दुई अध्यक्षबीच सहमति भइसकेको छ ।

 

विवाद निम्त्याउनेलाई हटाइने

मन्त्रीको उचित कार्य सम्पादन नभएका कारण सरकारको आलोचना बढेको ठहर गरेका दुई अध्यक्षले विवाद निम्त्याउने मन्त्रीलाई हटाउन सक्ने आँकलन गरिएको छ ।

 

निर्मला पन्त हत्या अनुसन्धानमा असफल, विप्लव नेकपाको गतिविधि नियन्त्रणमा असफल तथा राजधानीमै उसको विस्फोटक प्रभाव नियन्त्रणमा ध्यान नदिएको भन्दै गृहमन्त्री रामबहादुर थापा बादललाई हटाउने तयारी हुन सक्छ । उनको ठाउँमा त्यति विवादमा नआएका तर उर्जा मन्त्रालय सम्हालिरहेका बर्षमान पुनलाई सार्न सकिनेछ । सरकार गठनका बेला पुनले गृह मन्त्रालय नै रोजेका थिए । तर, बादलको दाबीका कारण उक्त पदमा पुन पुगेनन् । गृह मन्त्री प्रचण्डको सिफारिसका आधारमा हुने भएकाले केही समयदेखि राजनीतिक रूपमा पनि प्रचण्डसँग टाढिएका कारण बादल हट्न सक्छन् ।

 

यता, अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्री ओलीका विश्वास पात्र भए पनि उनलाई स्थानान्तरण गर्ने तयारी भएको छ । अर्थ मन्त्रालयमा भने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई लग्न सकिने उच्च स्रोतले जनायो । पोखरेल सरकार गठनका बेला अर्थ मन्त्रालयमा जाने निश्चित जस्तो थियो तर प्रधानमन्त्री ओलीले विज्ञताका आधारलाई मानक मान्दै खतिवडालाई उक्त पदमा नियुक्त  गरेका थिए ।

 

प्रधानमन्त्री ओलीले विवाद समाधान गर्नुको साटो सरकारलाई अप्ठेरोमा पार्न खोज्ने यातायात मन्त्री रघुवीर महासेठलाई मन्त्री पदबाटै हटाउन सक्नेछन् । उनी विभिन्न सिन्डिकेट तोड्ने नामको विवादमा मुछिएका थिए । उनले अपेक्षाअनुसार काम नगरेको मुल्यांकन प्रधानमन्त्रीले गरेका छन् ।

 

यता, लगानी सम्मेलनका क्रममा अंग्रेजी भाषामा बोल्दा सरकारको बेइज्जत गरेका, कार्यालयमा लफडा गरिरहने उद्योग मन्त्री मात्रीका यादवलाई पनि हटाउने सन्दर्भमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग परामर्श गरेको स्रोतको दाबी छ ।

 

गुठी विधेयक प्रकरणले सरकारको तिव्र आलोचनामात्र होइन, काठमाडौंका जनतालाई नै सरकारविरोधीका रूपमा उभिन भड्किलो विधेयक ल्याउने भूमी सुधार मन्त्री पद्मा अर्याललाई अर्को मन्त्रालयमा सार्ने तयारी भएको छ ।

 

यता, मेलम्ची प्रकरणमा सरकार गठन भएका बेलादेखि नै विवादमा आएको, खानेपानी मन्त्रालयमा कर्मचारी सरुवा, सचिव हेरफेर र काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायतका प्रकरणमा मुछिएकी मन्त्री बिना मगरलाई हटाउने तयारी भएको छ । मगर, प्रचण्डकी बुहारी भएकै कारणले प्रभावमा मन्त्री पद पाएको भन्ने आलोचना प्रचण्डले खेपीरहेका छन् । उनलाई उक्त पदबाट हटाउने तयारी प्रचण्डले आफैं गरेका छन् । उनलाई अर्को मन्त्रालयमा पनि स्थानान्तरण नगरिने बालुवाटार स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...