बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डवीच छलफल



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डवीच प्रचण्डनिवास बालुवाटारमा समसामयिक परिस्थितिबारे बुधबार छलफल हुँदैछ ।

अध्यक्षद्वयवीच पार्टी एकतासम्बन्धी थाती रहेको विषयमा छलफल हुने पार्टीनिकट स्रोतले बतायो ।

यसअघि जिल्ला ईञ्चार्ज र सहइञ्चार्जहरुको जिम्मेवारी बाँडफाँट नटुंग्याइकन प्रधानमन्त्री युरोप गएका थिए ।

युरोपबाट फर्किएपछि त्यसलाई टुंगो लगाउने भन्दै नेकपाको सचिवालय बैठक विना निश्कर्ष स्थगित भएको थियो ।

जिल्ला इञ्चार्ज र सहइञ्चार्जहरुका साथै केन्द्रीय विभागहरुको गठन पनि बाँकी नै छ । यी विषयहरुमा बुधबार दुई अध्यक्षले छलफल गर्ने र त्यसपछि सचिवालय बैठक बोलाइने नेकपा स्रोत बताउँछ ।

अध्यक्षद्वय ओली र प्रचण्डवीच पार्टीका आन्तरिक विषयका साथै देशमा देखा परेको राजनीतिक परिस्थितिका विषयमा पनि छलफल हुने बुझिएको छ ।

मंगलबार आरक्षण पक्षधरहरुसँगको कुराकानीमा प्रचण्डले लोकसेवाको विज्ञापन खारेजीको विषयमा पनि कुराकानी गरिने र यो विषय सचिवालयमा पनि उठ्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...