भारतीय मिडियाले तोके अर्चना पनेरुको रेट साढे चार करोड



हाम्रो इकोनोमि
केही बर्षअघि सुदुरपश्चिमबाट सारा नेपाली चकित हुने सन्देश आयो । स्कुले बालिका एकाएक पोर्नस्टार बन्छु भन्दै विभिन्न हर्कत देखाउँन थालिन् । त्यो खबर केही क्षणमा नै चैत मासमा खरबारीमा लागेको डढेलो भन्दापनि तिब्र फैलियो ।

त्यसपछि उनी प्रहरीको निशानामापनि परिन् । त्योसँगै उनी स्कुल छोडेर राजधानी काठमाडौ आईन् । पछि लामो समय बस्न नसकेको भन्दै उनी पोर्नस्टार जसरीपनि बन्छु भन्ने प्रणका साथ भारत गईन् ।

फेरी केही समयमा भारत बसाइ सकाएर नेपाल छिरेकी अर्चना एक्कासी मिडिया अनि सामाजिक सञ्जालमा चर्चामा आइन । चर्चामा आएको एक बर्षभित्रै उनले दुइ नेपाली फिल्म खेलिन् अनि आधा दर्जनजति म्युजिक भिडियोपनि खेलिन् ।

पुर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चनाको बारेमा नेपालसँगै भारतमा पनि चर्चा बढेको छ ।

चर्चित वलिउड अनलाइन दैनिक भास्करले अर्चनाको बारेमा स्टोरी लेख्दै नेपाली सन्नि लियोनको उपमा दिएको छ । अझ हाँस्यास्पद कुरा त के छ भने अर्चनाले एक फिल्म खेल्दा साढे चार करोड लिने गरेको समेत वलिउड भास्करले लेखेको छ, जबकी अर्चनालाइ केहि लाखमा मात्र राजु गिरीले ‘जिस्म’ फिल्मबाट डेब्यू गराएका थिए । त्यसो त सबटाइटलमा अर्चनाको रेट ४.५ करोड लेखेको अनलाइनले आफ्नो पुर्ण न्यूजमा भने ४.५ लाख लेखेको छ ।
यसले पनि वलिउड मिडिया नेपाली विषयको समाचार लेख्दा गम्भिर नभएर गलत जानकारी दिन पुगेको छुट्टयाउन सकिन्छ । यसले भारतिय मिडियापनि कति हल्का छन् भन्न देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...