डा.बाबुराम भट्टराईको प्रश्नः चाउचाउको झोलले कहिले समृद्धि आउला ?



हाम्रो इकोनोमि

 

 

समाजबादी पार्टी निर्माण गरेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला आफ्नो निर्वाचन क्षेत्र गोरखामा ब्यस्त भएका छन् ।

साना बालबालिकासँग बिद्यालय पुगेका छन् भने विकास निर्माणको छलफल गर्न गाउँलेहरुसँग पार्टी पौवामा भेला हुने गरेका छन् ।

कांग्रेससँगको सहकार्यमा चुनाव जितेका भट्टराई बेला बेलामा गृहजिल्ला जाने गरेका छन् ।

गृहजिल्ला जाँदा उनी सदरमुकामभन्दा बाहिर बढी बस्ने गरेका छन् । सोमबार विहान ७ बजेदेखि राती १२ बजेसम्म उनले जनभेटघाट गरे ।

‘यस पटकको मासिक जनभेटघाट चुनावताका भन्दा पनि बढी धपेडीपूर्ण पो भयो त ! विहान ७ बजेदेखि राति १२ बजेसम्म ( बारपाकदेखि बालुवाबजार, चनौटे, ताकुमाझलाकुरीबोट, ताकु,पाँचखुवा देउराली,मसेल,खोप्लांग,ठाँटीपोखरी हुँदै काठमाण्डौ !’

सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘जनताका माग बाटो,पानी,स्कूल,काम छन् तर हामी गर्छौं आकाशपातालका कुरा !’

डा. भट्टराईले साना स्कुले बालबालिकासँगको एक तस्विर पनि सार्वजनिक गरेका छन् ।

तस्विरमा देखिएका बालबालिकाले सानो कटौरीमा चाउचाउ खाइरहेका छन् । एक बालिकासँग डा.भटराईले कुरा पनि गरेका छन् ।

तस्विर सार्वजनिक गर्दै उनले लेखेका छन् ‘यी साना नानीहरूलाई खाजा चाउचाउको झोल मात्रै ! ‘समृद्ध नेपाल सुखी नेपाली’ यसरी नै बन्ला त ?’

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...