अश्लिल कमेडी गर्ने सिम्रन भन्छिन्– परिवार मेरै सपोर्टमा



 

अहिले सामाजिक संजालमा भाइरल हुने होडमा रहेका धेरै युवक युवतीहरुले अश्लिलताको सहारा लिन थालेका छन् ।

कमेडीका नाममा द्विअर्थी र छाडा संवादसहितको भिडियो बनाएर यूट्यूवको ट्रेन्डिङमा पर्न सकिन्छ भन्ने सोच उनीहरूमा व्याप्त भएको छ ।

कुरा गरौं सिम्रन पाण्डेको ।

उनी कुनै कहलिएकी कमेडियन होइनन् । खासमा उनको नामै यसअघि कसैले सुनेका थिएनन् ।

तर, उनको एउटा ‘स्ट्यान्ड अप कमेडी’ यूट्यूवमा अपलोड भएको दोस्रो दिनमा नै एक नम्बर ट्रेन्डिङमा आयो ।

अत्यधिक सिर्जनशील प्रस्तुति वा हास्यरसको प्रचुरताले गर्दा सिम्रनको भिडियो भाइरल भएको होइन ।

यसको प्रमुख कारण हो उनले बोलेका केही अश्लिल शब्दहरु । स्ट्यान्डअप कमेडीका नाममा यसअघि पनि अश्लिल र द्विअर्थी प्रस्तुतिहरु आउँथे । तर, प्राय पुरुष कलाकारका हुन्थे ।

एउटी भर्खरकी किशोरीले निर्धक्क अश्लिल शब्दहरु बोलेपछि धेरैको ध्यान तानिने नै भयो ।

यो समाचार लेख्दासम्म सिम्रनको भिडियोले १३ लाख भ्यूज कटाइसकेको छ भने ४ हजार पाँच सय भन्दा बढी कमेन्टहरु आएका छन् ।

आश्चर्यको कुरा कमेन्टमा गालीभन्दा ताली बेसी छन् । धेरैले उनलाई ‘साहसी’ र ‘बोल्ड’ भनेका छन् ।

यसबाट पनि थाहा हुन्छ कि यूट्यूवमा दर्शकहरु कस्ता सामग्रीमा बानि परिरहेका छन् भनेर ।

अनि कतिपयले चाहिँ उनको परिवार वा आफन्तले यो भिडियो हेरे भने के भन्लान् भन्ने पनि चिन्ता गरेका छन् ।

‘सुरुमा धेरै नै नकारात्मक प्रतिकृयाहरु आएका थिए, त्यो हेरेर परिवारका सदस्यहरु खुशी हुनुहुन्नथ्यो,’ उनले भनिन्, ‘तर, पछि उहाँहरुले यसलाई बुझिदिनु भयो । अहिले मेरै सपोर्टमा हुनुहुन्छ ।’

सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु हेरेर रमाइहेकी छिन् सिम्रन । सकारात्मक र नकरात्मक दुबै प्रतिकृयालाई सहजरुपमा लिएको उनी बताउँछिन् ।

उनले भनिन्, ‘मलाई स्कृप्ट लेख्दै गर्दा नै थाहा थियो कि यसबाट मैले राम्रो र नराम्रो दुबै कमेन्ट पाउनेछु । नभन्दै त्यस्तै भयो ।’

उनले यो भिडियो यति धेरै भाइरल होला भन्ने चाहिँ नलागेको बताइन् । साथीहरुको देखेर, सुनेर र केही थप खोजी गरी स्कृप्ट बनाएको भन्दै उनले यसमा रहेका कुराहरु आफ्नो व्यक्तिगत जीवनमा नभोगेको दावी गरिन् ।

‘यो मेरो अनुभव हैन । यदी भएको भए मलाई स्वीकार्न कुनै गाह्रो पनि हुन्थेन,’ उनले भनिन् ।

सिम्रन आफूले फोहोर नबोलेको दावी गर्छिन् । उनले भनिन्, ‘मान्छेको शरीरको अंगहरुको बारेमा बोल्दा फोहोर हुन्छ जस्तो मलाई लाग्दैन ।

त्यहाँ कुनै किसिमले पनि फोहोर शब्दहरु मिसाइएको छैन ।’

उनले थपिन्, ‘हाम्रो समाज नै यस्तै छ ।

यहाँ छोरी मान्छेले यस्तो कुरा बोल्न हुन्न भनिन्छ । यसलाई म पनि स्वीकार्छु । ज-जसले नराम्रो भन्नुभयो उहाँहरुलाई पनि धन्यावाद ।’

भिडियो आएपछि साथीहरुले आफ्नो प्रशंसा गरेको उनले बताइन् ।

तर, सुरुमा यूट्य्रवमा आएका नकारात्मक प्रतिकृयाले भने उनी खिन्न बनेकी थिइन् ।

आफूले गरेको ‘मेहनत’ लाई नबुझी प्रतिकृया दिनेहरुसँग उनको आक्रोश थियो ।

उनी भन्छिन्, ‘मैले लामो समय मेहनत गरेर यो भिडियो बनाएको हुँ । यसमा नराम्रो कमेन्ट आउदाँ म निराश भएको थिएँ ।’
तर, सिम्रनलाई आफूले भिडियोमा बोलेको कुराहरुमा कुनै पश्चाताप छैन् ।

‘त्यहाँ मैले बोलेका शब्दहरु सबै हामीले वास्तविक जीवनमा बोलेकै हुन्छौँ । आˆनो साथीहरुलाई सेयर गरेकै हुन्छौँ’, उनले भनिन्, ‘त्यही कुरालाई मैले पब्लिक्ली भनेको हुँ । त्यसमा मलाई कुनै पश्चताप छैन ।’

कमेडी गर्न फोहोर शब्दहरु बोल्नुपर्छ भन्ने मान्यता चाहिँ उनीसँग छैन । तर, दर्शक श्रोता त्यही कुरामा हास्ने भएका कारण पनि अहिलेको आकर्षण त्यहाँ भएको उनी स्वकार्छिन् ।

पहिले सिम्रन इन्स्टामा सानो-सानो भ्लग हाल्ने गर्थिन् । उनले हालेको भ्लगहरु युट्युबर सुरक्षा भट्टको नजरमा परेको थियो । उनै सुरक्षाले उनलाई स्ट्याण्डअप कमेडीको बाटो देखाइदिइन् ।

आजसम्म सिम्रनले ६ वटा प्रस्तुति दिइसकेकी छिन् । तर, युट्युबमा आएको यो नै पहिलो भिडियो हो । उनले भनिन्, ‘मैले यो भन्दा अगाडि पनि कमेडी गरेको थिएँ । तर, त्यो युट्युबमा आएन । यो छैटौँ हो ।’

सिम्रन चाँडै अध्ययनका लागि अमेरिका जाने तयारीमा छिन् । उनले आइइएलटीएसमा ७ स्कोर गरेकी छिन् र दुई कलेजको अफर लेटर पनि उनीसित छ ।

सिम्रनको समग्र प्रस्तुति हेर्दा उनमा आत्मविश्वास र सेन्स अफ ह्यूमर अवश्य देखिन्छ । तर, अश्लिल शब्दले त्यसलाई ओझेलमा पारेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा