संसार लज्जित बनाउँने नेपालको यो तस्वीर, विद्यार्थी बेहोस भएर लडिरहे म्यामहरु मोबाइल हेरिरहे



हाम्रो इकोनोमि

 

 

विद्यालय विद्यार्थीका लागि दोस्रो घर हो । विद्यालयमा भएका शिक्षक तथा शिक्षिकाहरु उनीहरुका अभिभावक हुन । बालबालिकाको भविष्य कोर्ने स्थलका रूपमा विद्यालयलाई लिने गरिन्छ । विद्यालयमा प्रवेश गरेपछि घर नपुगेसम्म विद्यार्थीको हेरचाह गर्ने दायित्व उनीहरूकै हातमा हुन्छ ।

तस्वीर : नयाँ पत्रिका

तर, मोरङको सुन्दरहरैचा नगरपालिकाको एक सामुदायिक विद्यालयमा भने केही फरक दृश्य देखिएको छ । सुन्दरहरैचा–११ स्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्रा बेहोस हुँदा पनि शिक्षिकाहरू भने मोबाइलमा व्यस्त देखिएका छन् । पटक–पटक एउटै कक्षाका विद्यार्थी बेहोस हुँदा पनि उनीहरूमा न कुनै चिन्ता थियो न त ख्याल नै गर्न भ्याएका थिए ।

सबै मोबाइल चलाउनै व्यस्त देखिन्थे । कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी दुईपटक बेहोस भइसकेका छन् । एउटै विद्यार्थी दुईपटक बेहोस हुँदासमेत शिक्षिकालाई कुनै चासो देखिएन । दुईपटक एउटै कक्षाका एउटै विद्यार्थी बेहोस भएको प्रधानाध्यापक सुनिलकुमार झाले बताए । गर्मीले हो वा कमजोरीले विद्यार्थी बेहोस भएका हुन सक्ने उनले बताए ।

प्रधानाध्यापक झाले बेहोस हुने विद्यार्थीको नाम भन्न नसक्ने जानकारी दिए  । यो विद्यालयको इज्जत र प्रतिष्ठाको विषय भन्दै समाचार बनाउँन भन्दै अनुरोध गर्दै थिए । उनले स्कुलमै मोबाइल चलाउने शिक्षिकालाई हामी आन्तरिक कारबाही गर्ने पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...