‘कोल्ड ड्रिङ्क्स’ को सट्टा दही, मही पिउनुहोस् : डा. अरुणा उप्रेती



हाम्रो इकोनोमि

 

 

गर्मी मौसममा आमाबाबुले बालबालिकालाई चिसो पेय पदार्थ दिने गर्छन् । यसले बालबालिकाको स्वास्थ्यमा धेरै असर गर्छ । कोक, फेन्टालगायतका पेय पदार्थले त असर गर्छ नै, बट्टामा राखिएका फलफूलको जुसले पनि धेरै असर गर्छ भनेर प्रमाणित भैसकेको छ ।

हामीले फलफूलको जुस त तागतिलो हुन्छ भनेर खान्छौं, तर त्यो कुहिएको फलफूललाई कच्याकुचुक्क बनाएर राखेको हुन्छ  । बिरामी भेट्न जाँदा यो त राम्रो भनेर लिएर जान्छौं, तर त्यो कुहिएको फलफूल लिएर जाने हो ।

त्यस्तो खालको जुसमा ८० प्रतिशत चिनी मात्रै हुन्छ  । चिनीको झोल खानको लागि हामीले धेरै पैसा तिरेका हुन्छौं  ।

अहिले त स्कुलको खाजामा पनि यस्ता खालको जुसको विज्ञापन रहेको हुन्छ । त्यसले पनि बालबालिकाको मनोविज्ञानमा असर गरेको हुन्छ  ।

जुस बनाउने ड्रममा कुहिएको फलफूल भेटियो भनेर पनि कहिलेकाहीँ आइरहेको हुन्छ ।   त्यसैले आमा बाबु पनि सचेत हुनु पर्छ ।

कुनै हालतमा पनि राम्रो फलफूलको जुस हुँदैन ।  भए पनि कुहिएको फलफूलको जुस हुन्छ  । त्यसैले यस्तो जुस दिनु भनेको आफ्नै छोराछोरीको स्वास्थ्यमा खेलबाड गर्नु हो  ।

गर्मीमा के खाने ?

बजारमा पाइने जुसको सट्टामा घरमा नै हुने दही, मही बालबालिकालाई दिनुपर्छ । आफूले पनि यस्तै खानुपर्छ । यस्तै जौको सातु र सर्बतले पनि गर्मी मौसममा धेरै फाइदा हुन्छ  । यसमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ, रेसादार पनि हुन्छ ।  भने शरीरलाई उर्जा पनि दिन्छ ।

ध्यान दिनुपर्ने कुरा :

अहिले फलफूल पेलेर निकालिएको जुस पिउने चलन पनि बढेको छ । यसरी जुस पिउँदा पहिला नै पेलेर राखेको छ भने पिउनु हुँदैन । पेलेर जुस पिउनुभन्दा फलफूल आफैले चपाएर खाँदा राम्रो हुन्छ । तर कहिलेकाहीँ पिउँदा आफैँले वा आफ्नै अगाडि पेलेर पिउनुपर्छ । बाहिर पिएको फलफूलको जुसले झाडापखाला लाग्ने भएकाले सबै सचेत हुनु पर्छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...