तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? ७ प्रकारका श्रीमती मध्ये तपाईकी कुन ?



हाम्रो इकोनोमि

 

तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ ।

भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा बयान गरेका हुन् ।

कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो । त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए ।

उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए ।

उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवती सँग गरिदिएका थिए । सुजाताको स्वभाव भने विपरीत ।

एक पटक भगवान अनाथपिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ । कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै

बताइदिए । त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका श्रीमती बारे उपदेश दिएका रहेछन् ।

सात प्रकार यस्तो छ :

१. बधक श्रीमती

जो स्त्री आफ्ना श्रीमान प्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर श्रीमानको अपमान गर्छे, श्रीमानको धनका लागि श्रीमानको बध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्नी बधक पत्नी हुन्। यस्तो दुशील स्त्री मरणपछि नरक जान्छे।

२.चोरीसम (चोर) श्रीमती

श्रीमतीले कमाएर दिएको धन मध्ये केही अंश लुकाउँछे। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

३. भगिनीसम (बहिनी जस्ती) श्रीमती

श्रीमानको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मृत्युपछि स्वर्गलोकमा जान्छे।

४. मातुसम (आमा जस्ती) श्रीमती

आमाले छोरोको हित चाहे जस्तै सँधै श्रीमानको हित चाहने हुन्छे । प्राप्त धनलाई राम्रोसित सनुम्हालेर राख्छे । यस्ती श्रीमती सदाचार युक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।

५. आयासम (स्वामिनी) श्रीमती

केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने।

६.सखीभरिया (साथी जस्ती) श्रीमती

श्रीमान देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे । यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

७. दासीसम (दासी जस्ती) श्रीमती

कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, श्रीमानको कुरा मान्ने, सहनशील हुन्छे । यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे ।

७ प्रकारका श्रीमतीहरुको वर्णनपछि भगवानले सुजातासित सोधे, सुजाता, लोकमा यी सात प्रकारका श्रीमतीहरु छन् । यी मध्ये तिमी आफूलाई कुन प्रकारकी श्रीमती मान्छौ ।

ल अब तपाई पनि भन्नुस्, तपाई महिला हुनुहुन्छ भने तपाई कस्ती श्रीमती ? तपाई पुरुष हुनुहुन्छ भने तपाईकी श्रीमती कस्ती।

प्रतिक्रिया दिनुहोस
मंसिरका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    मंसिर महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

दुई देशका विपद् व्यवस्थापनसम्बन्धी केन्द्रीय निकायका प्रमुखहरुबीच टर्किमा भेटवार्ता

  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती...

ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन बन्दै

  ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण...

कोप–३१ मा महासचिव गुटेरेसको भावुक बिदाइ सम्बोधन

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकटसँग जुध्ने कार्यलाई विश्वव्यापी शान्ति, गरिबी...