राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा शिव कोईराला (ज्वाला )को चर्चा परिचर्चा



 

 

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा अहिले शिव कोईराला ज्वालाको चर्चा परिचर्चा छ । उनी विगत लामो समयदेखि खेलकुद क्षेत्रमा लगीपरेका योद्धा मानिन्छन । वाइसिएल पृष्ठभूमिका ‘ज्वाला’ पार्टी अध्यक्ष प्रचण्डको हार्डकोर टिमभित्रका मानिन्छ । खेलकुदका गेममेकरको रुपमा चिनिने शिव कोइराला अहिले चर्चाको शिखरमा छन । अहिले उनलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बनाउनु पर्ने माग खेलकुद जगतमा नै छाएको छ ।

 

एकताको एक वर्षपछि जनसंगठन भागबण्डाको क्रममा नेकपाभित्र निक्कै माथापच्ची चल्यो । पूर्वएमाले नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल नेतृत्वको खेलक्ुद महासंघ प्रारम्भिक सूचीमा पूर्वमाओवादी केन्द्रको भागमा थियो । तर, गुट सन्तुलनका क्रममा खेलकुद मोर्चा पुरुषोत्तमकै पोल्टामा गयो र पूर्वमाओवादी केन्द्रसम्बद्ध खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ सहसंयोजक भए ।

 

यो प्रक्रियाले धेरैजसो जनसंगठनमा असहमति देखियो, खेलकुदमा पनि त्यस्तै भयो । वाइसिएल पृष्ठभूमिका ‘ज्वाला’ पार्टी अध्यक्ष प्रचण्डको हार्डकोर टिमभित्रका मानिन्छन् । सैन्य पृष्ठभूमि हुँदै शान्ति प्रक्रियालगत्तै काठमाडौंको वाइसिएल नेतृत्व गरेका उनी पहिल्यैदेखि खेलाडी हुन्, तेक्वान्दोका । अहिले पनि राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल तेक्वान्दो संघमा अध्यक्ष छन् ।

 

उनले भने म अध्यक्षबाट झरेर सहसंयोजक भएकोमा पनि गर्व गर्छु । किनभने, ऐतिहासिक एकता प्रक्रिया सम्पन्न गर्ने सन्दर्भमा मैले वा हामीले निश्चित भूमिका त पायौँ नि । सदस्यमात्रै बनाइएको भए पनि स्वीकार्नुपथ्र्यो । अब जिम्मेवारी कसरी निर्वाह गर्छु भन्ने कुराचाहिँ मुख्य हो । संयोजकका रुपमा सिनियर कमरेड आउनुभएको छ । उहाँले राजनीति गर्न थाल्दा म भर्खर जन्मिएको रहेछु । बुबाजस्तो मान्छे हुनुहुन्छ । त्यसैले उहाँबाट मैले धेरै कुरा सिक्न पाउने भएँ भनेर उत्साहित छु । उहाँले हामी छोरा पुस्ता हुँदै नाति पुस्तालाई स्थापित गर्ने, नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण गर्ने काम गर्नुहुन्छ भन्नेमा पूरै विश्वस्त छु ।

दुई पार्टीका पूर्वसंयोजकहरुलाई नै संयोजक र सहसंयोजक बनाउने नीति बन्यो । तर, विद्यार्थीमा रञ्जित तामाङ त पाँच जना उपाध्यक्ष हुँदाहुँदै उनीमुन्तिर अर्को संगठनका महासचिवको अण्डरमा आए । विद्यार्थीको केशले समाजिक सञ्जालमा भूमिका निर्वाह ग¥यो । पार्टीमा युवा र विद्यार्थीभन्दा अन्य सशक्त संगठन प्नि छन् । तर, विद्यार्थीको अलि बढी चर्चा चल्ने गर्दछ । सहसंयोजक बनिसकेपछि महासचिवबाट बन्नु वा अध्यक्ष बन्नुसँग अर्थ राख्दैन भन्ने मानेमा त्यसो भनेको हुँ । अब यी गुनासा सामाजिक सञ्जालतिर नझुल्काऔं भनेर मेरो लेबलका साथीहरुलाई सतर्क गराउन मात्र खोजेको हुँ ।

 

उनले थपे हामीले प्रचण्डपथ मान्दै÷छाड्दै फेरि माओवाद नै भन्याँै । पूर्वएमालेका साथीहरुले माक्र्सवाद र लेनिनवाद भन्नुभयो । जनताको बहुदलीय जनवाद भन्नुभयो । हामीहरुले २१ औं शताब्दीको जनवाद मान्दै यहाँ आइपुग्यौँ । अहिले पार्टी एकता भएको छ र वैचारिक मान्यताका सन्दर्भमा महाधिवेशनमा छलफल गर्ने भनिएको छ । माक्र्सवाद, लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानिएको छ । यसको दार्शनिक आधार भनेको द्वन्द्वात्मक भौतिकवाद नै हो । मूलतः सबै कम्युनिष्टहरु माक्र्सवादी, लेनिनवादी हुन् । जे होस शिव कोइराला अहिलेका खेलकुद क्षेत्रका गेममेकर हुन ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग