दुख, कष्ट र अनिस्टबाट बच्न सधै यी काम गर्नुहोस्



हाम्रो इकोनोमि

 

दुख ,कष्ट ,दुर्घटना र अनिस्टबाट बचिरहन सधै गर्नुहोस यी कामहरुस् बास्तु शास्त्रका अनुसार विभिन्न कारणले घरमा केहि न केहि नराम्रो भइरहेको हुन्छ।

बास्तु नमिल्दा घर परिवारमा अशान्ति दुख कस्ट दुर्घटनाको सम्भावना रहेको पाइन्छ।

यदि घरमा बास्तु मिल्ने हो भने त्यो घरमा अशान्ति र दुख कहिल्यै हुदैँन। बास्तुले घरमा सकारात्मक र नकारात्मक उर्जा दिने गर्दछ ।

घरमा नराम्रो उर्जा पैदा गर्ने विभिन्न कारक तत्वहरुलाई बास्तुले निष्किृय तुल्याउँछ त्यसैले घरमा बास्तुलाई मिलाउनु अत्यन्तै जरुरी छ।

१) घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ ।

२) घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ।

३) घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ।

४) घरमा सर-सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस्। यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ।

५) घरमा परिवारको तस्विर राख्दा दक्षिण९पश्चिम दिशामा राख्नु शुभ मानिन्छ। यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ।

६) भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ। अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन्। यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ।

७) घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ। उत्तर-दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ।

८) घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ। तर यस्तो ट्याङ्की छतको दक्षिण–पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ। अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...