भुवनसँग रिमाको रोमान्स, चरित्रमा यतिसम्म डुब्छिन् रिमा (हेरौँ २२ तस्बिर)



 

२०११ सालमा स्वर फिल्मबाट डेब्यु गरेकि रिमा विश्वकर्मा नेपालका सदावहर नायक एवं सफल निर्माता भुवन केसीसँग नयाँ फिल्म ‘मिस्टर नेपाल’ मा रोमान्स गर्दैछिन् । हालै सार्वजनिक भएको एक तस्बिरमा रिमा र भुवन विवाह गर्दै छन् । नेपाली टेलिभिजनको इतिहासमै लोकप्रिय रियालिटी शो नेपाल आईडलको प्रस्तोता रिमाले झण्डै आधा दर्जन बढि फिल्ममा नायिकाको भुमिका निभाइसकेकि छिन् ।

 

उनले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकि छिन् । उनले अन्जु पन्तको गित मलै भुल्नमा लेजबियनका रुपमा प्रस्तुत भएपछि निकै चर्चा पाइन् । चरित्रमा डुबेर अभिनय गर्ने नायिकाको रुपमा रीमा नेपाली रजपटमा चिनिन्छन् । उनले बेनिशा हमालसँग निकैनै उत्तेजित भिडियोमा अभिनय गरेकि थिइन् । लेजबियनको कथा रहेको उक्त गीतमा रीमाको प्रस्तुतिले चर्चा पाएको थियो ।

 

 

बाँकी तस्बिर तल छ

 

पूर्व संचारकर्मी समेत रहेकि रिमा नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाएकि अभिनेत्रि हुन् । मोडलिङ क्षेत्रमा पनि नाम कमाउन सफल रिमाले दर्जनौँै म्युजिक भिडियोमा अभिनय गरेकि थिइन् । बर्दियाको गुलरियामा जन्मीएकि रिमाले सात कक्षामा पढ्दै गर्दा नै उनले जाँदा जाँदै नेपाली टेलीशृंखला सन्चालन गरेकी थिइन् ।

 

उनी सेतो रंग मनपराउँछिन् भने मनपर्ने पहिरनमा उनी साडी रोज्छिन् । पार्टीकालागि भने उनी गाउन लगाउन रुचाउँछिन् । सपिङमा भने उनी सौख राख्छिन् । आफ्नो मुस्कान आफैँलाई मनपर्ने बताउने रिमाले फोन, मेकअप किड, पेन, हेडफोन र एटिएम कार्ड व्यागमा बोक्ने बताउँछिन् । उनी ग्याजेटमा खासै रुचि राख्दिनन् । बरु मेकअप सामानमा बढी खर्च गर्ने उनी बताउँछिन् ।

 

पत्रकारीता क्षेत्रबाट आएकि रिमा बोल्न कहिले पनि नथाक्ने बताउँछिन् । उनी उपनायसहरु पढ्न निक्कै रुचाउछिन् । उनले लेखक बाज्रिलियन पाउल कोल्होको उपनायस नियमित जसो पढिरहने बताए । उनी कृष्ण धारवासी र सश्लीमा नश्रीनको उपनायस पढ्न पनि रुचाउछिन् । जापानीज लेख हारुकि मोराकोनो उनलाई मनपर्ने लेखक हुन् । समयले मागेको प्राथमिकताका कारण मान्छेहरु विदेशिने गरेको उनी बताउँछिन् । उनी बिदाको समयमा विदेश घुम्न रुचाउछिन् । उनी कार्यक्रमहरुपनि निकै व्यस्त छिन् । थोरै फिल्ममा मात्र देखिएकि रिमा आफूलाई अफरहरु आएको तर स्विकार गर्न अप्ठ्यारो भएका कारण फिल्महरुमा धेरै नदेखिएको बताउँछिन् । उनले आफूले फिल्म धेरै नखेल्नुका कारण आफूलाई कस्तो रुपमा दर्शकले हेर्न चाहेका छन् भनेर मनस्थिती बुझेका कारण फिल्म छान्न कञ्जुस्याँई गरेको बताइन् । कार्यक्रमहरुमा व्यस्त देखिने नायिका रिमा हालै नेपाल आइडलको प्रस्तोताका रुपमा चर्चित भएकि छिन् । आफ्नो कामलाई लिएर गम्भिर रहेका कारणपनि अभिनयलाई नै प्राथमिकता दिने रिमा बताउँछिन् ।

 

चलचित्रकै अध्ययन गरेर भविष्यमा चलचित्र बनाउने काममा लाग्ने उनले बताएकि छिन् । थोरै फिल्म आएपनि मिडियामा भने रिमा छाहिरहिन्छन् । उनी सिधा र प्रष्ट वक्ता हुन् । उनले करिअरको शुरुवात भने मिडियाबाटनै गरेकि हुन् । उनी टेलिभिजनमा बाल कलाकारका रुपमा पाइला टेकिन् । उनले अनलाईन पोर्टलमा रिपोर्टरका रुपमा पनि काम गरिन् ।

 

प्रोग्राम होस्टका रुपमा टेलिभिजन क्षेत्रमा प्रवेश गरेकि रिमाले निर्देशक, निर्माता, गायकको अन्तवार्ता लिदाँ लिदै कृष केसीले अफर गरेपछि म्युजिक भिडियोमा अभिनय गर्दै कला क्षेत्रमा प्रवेश गरेकि थिइन् । गायकले मोडल बन्ने अफर स्विकारेपछि उनको पहिलो म्युजिक भिडियोनै चर्चित बन्यो । वर्षात बोलको गितमा उनले अभिनय शुरु गरेकि हुन् । उनको दोश्रो म्युजिक भिडियो प्रशन्न पौडेलद्धार निर्देशित म्युजिक भिडियो कुन रंगको कमि हो । उक्त गितले पनि निकै चर्चा पाएको थियो । त्यसैगरि, तेश्रो गित मेरो दिल छ पोखरामा उनले अभिनय गरिन् । उक्त गितबाट पनि उनले निकै चर्चा पाइन् । उनले ५० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकि छिन् । उनको मनपर्ने म्युजिक भिडियो भने आलोक नेम्वाङद्धारा निर्देशित बसन्त चाधरीको ‘अनली लभ’ एल्बममा रहेको ‘छाएछ बसन्त’ गीत जस्मा भारतिय गायिका श्रेया घोसालले स्वर दिएकि थिइन् । यस गीतले पनि उनलाई कलाकारीता क्षेत्रमा टर्निङ पोइन्ट हासिल गरेके बताइन् ।

 

उनलाई समन अधिकारीद्धारा निर्देशित अन्जु पन्तको स्वरमा रहेको ‘यो माया भन्ने चिज’ बोलको गीत अर्को आफूलाई मनपरेको आफ्नै म्युजिक भिडियो रहेको सम्झिन्छन् ।

उनलाई वधशाला र झगडा आफूलाई मन नपेर्ने बताउँछिन् । उनले भनन् मान्छेले जनावरको हत्या गरिरहेका देख्दा वद्यशाला मन नपर्ने बताइन् । उनले रगतको भेल, छताछुल्ला मासु र मारिन आँछेका र मारिसकेका पशु देख्दा आफूलाई नरमाइलो लाग्ने बताइन् । उनी भेज भएका कारण पनि वद्यशाला मन नपर्ने ठाउँ बताइन् । उनले झगडाको बारेमा भने आफू करातेको खेलाडी भएर पनि झगडा मन नपर्ने बताइन् । उनी झगडा भएको ठाउँबाट टाढै बस्न रुचाउँछिन् । उनले भनिन्, ‘मान्छे ठूलो आवाजले बोल्छन्, कसैलाई पिटछन् । यो मलाई मन पर्दैन ।’

तस्बिर नछुटाउनुहोला, तल छ

 

ठूलो आवाजले बोलेको सुन्दा र कसैलाई पिटिरहेको, कसैले पिटाइ खाइरहेको हेर्दा मननै दुखित हुने बताउँछिन् । उनी सकेसम्म समस्याको वैचारिक समाधान खोज्नेतर्फ सोच्छिन् । उनलाई झगडा गर्न मन लाग्दैन तर उनी यो बानी आफ्नो कमजोरी भन्दा पनि स्वभाव रहेको स्विकार्छिन् । तर, अवस्थाले मागेमा झगडाको विकल्पनै नभए आफू त्यो रिसको अवतारमा पनि आउन नसक्ने उनी बताउँछिन् । उनले भनिन्, ‘तर यस्तो अवस्था आउँदैन होला ।’

 

उनी खाने कुरामा भने खासै वास्ता गर्दिनन् । त्यसैले उनलाई सबै परिकार मन पर्छ । उनी खानेसवालमा त्यति चुजि छैनन् । उनले ठट्यौली शैलिमा भनिन् ‘कुनै ठाउँमा भ्यागुता पनि खान्छन् रे, त्यो चाहिँ म खाना सक्दिन ।’ उनले कसैले झुक्काएर ख्वाए अलग कुरा हो नत्र भ्यागुता नखाने उनले बताइन् । उनले भ्यागुता सम्झै आफूलाई आङ सिरिङ हुने बताइन् । उनले हास्दै भनिन्, ‘झुक्काएर कसैले ख्वाउने प्रयास गरेको पनि सम्झिन चाहन्न ।’

उनी आफ्नो दुस्मनी र साथीका बारेमा दस्मनी मान्छेकालागि नबनेको बताइन् । उनलाई दुस्मनी मनपर्ने र त्यो मान्छेकालागि भन्दा पनि अरु कसैलाई बनेको हुँदा कसैले दुस्मनी लिनु नहुने बताउँछिन् । आफूले लामो समयसम्म कसैसँग दुस्मनी नगरेको उनले बताइन् । उनी दुस्मनी भएपनि चाँढै सहज भइहाल्छिन् । उनले यो कुरालाई आफ्नो कमजोरी भउको पनि स्विकारीन् । उनले आफ्नो यो कमजोरीका कारण केहि मान्छेलाई फाइदा उठाउन पो खोजेको हो कि जस्तो उनलाई लाग्छ । जिन्दगीमा यस्ता कुराहरु आउँछन्, जान्छन् त्यो सामान्य रहेको उनी बताउँछिन् । त्यसैले उनलाई दुस्मनी गर्ने मन पर्दैन । उनीमा कुनै इख छैन । अरुलाई नमिठो गराउन पनि उनी चाहदिनन् । ‘सम्बन्ध बिग्रेको मान्छे मेरो अगाढी आएर बस्दा म उस्लाई नराम्रो फिल गराउँदिन्, ममा इगो छैन ।’ उनले बताइन् ।

 

नायिका रिमाले नेपाली चलचित्र क्षेत्रबाट थुप्रै उपनाम पाएकि छिन् । उनलाई कसैले नायिका बब्ली भन्छन् त कसैले उनको सुन्दरतालाई स्वर्गकी अप्सरासँग तुलना गर्छन् । उनी महत्वकांक्षी छिन् । उनले आफैँले महत्वकांक्षी रहेको स्विकारीन् । रिमाले जिन्दगी दुख र संघर्षको पर्यायवाचि रहेको बताइन् । सानैदेखि सबै कुरामा अब्बल रिमाले सानो उमेरमै नेपाल टेलिभिजनमा काम गर्ने मौका पाएकि थिइन् । उनले बाल्यकाल देखिनै कलालाई मजबुत बनाउँदै अघि बढ्ने अवसर पाएकि थिइन् । उनको ६ कक्षाबाट हिड्दाहिड्दै कार्यक्रमलाई कलाकारीताको क्षेत्रमा रफ्तार पक्डिन सफल बनाएको छ । उनले सानैदेखि मिडियामा देखिने सोच बनाएकि थिइन् । उनले यहि सोचलाई निरन्तरता दिर्दै मास कम्युनिकेसनमा स्नातक गरिन् । उनले समाचार वाचिकाका रुपमा पनि केही समय नेसनल टेलिभिजनमा कार्यरत भइन् । उनलाई ग्यामर संसारमा स्थापित गराउन सफल म्युजिक भिडियो साथ दिन्छुले टेवा पुर्याएको थियो । उनको शुरुवातनै कडा भएपछि फर्किएर पछाडी हेर्नुपर्ने दिन भने आएन । लगातार म्युजिक भिडियोमा अफर र कार्यक्रमको निम्तोले उनलाई सधैँ व्यस्त नै बनाइरहेको छ । उनले विज्ञापनमा पनि छाहिरहन्छिन् । रिमा विभिन्न ब्रान्डका विज्ञापनमा समेत छाएकी छिन् । देशप्रति चिन्तित यी नायिका राजनीतिमा चासो राख्दै भन्छिन्, ‘हरेकले देशप्रति चिन्ता र चासो राख्नुपर्छ। राजनीति फोहोरी खेल हो भनेर पन्छिन मिल्दैन।’ नेपालको प्रकृति एवं संस्कृतिप्रति अगाध माया भएकी रिमालाई दसैं र तिहार निकै मन पर्ने पर्व हुन्। उनका मन पर्ने केहि कुरा

मन पर्ने पहिरन : क्याजुअल वेयर, नायिका नभएकी भए : विजनेस वुमन, भुल्न नसकेको क्षण : पहिलो चलचित्र पर्दामा हेर्दाको क्षण, घुम्न : पेरिस। फेसन आइकन ः सारा जेसिका, सोनम कपूर, माल्भिका सुब्बा, फेब्रेट ब्रान्ड : लोरियल, खेल : फुटबल, पत्रिका : नारी, वेभ, नव्यता,कलाकार : राजेश हमाल, आर्यन सिग्देल, तृप्ति नाडकर, संगीत : बाँच्न र हाँस्न चाहिने अस्त्र, प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ, तस्बिर : महेश प्रधान, पहिरन : राजेश धाख्वा, आरडी चाहत, दरबारमार्ग, गहना : गीताञ्जली ज्वेलर्स, दरवार मार्ग, मेकअप : रोशना महाजु, ग्ल्यामर ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर, ज्ञानेश्वर ।

 

अभिनयमा प्रखर देखिएकि रिमा र सदावहार नायक भुवन केसीको नयाँ फिल्म मिस्टर नेपालले सफलता पाओस्, शुभकामना !

 

 

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा