टमाटरको प्रयोग गरेर घरैमा यसरी बनाउनुस् आफ्नो अनुहारलाई सुन्दर



हाम्रो इकोनोमि

 

टमाटर हाम्रो भान्सामा तरकारीको स्वादको लागी अति आवश्यक चिज हो । किनभने यसको दैनिक सेवनले हामीलाई सुर्यको हानिकारण किरणबाट पनि बचाउने एक अध्ययनले जनाएको छ ।

त्यस्तै डाक्टरहरुको अनुसार पनि टमाटर दैनिक खानाले अनुहारमा भएको विभिन्न किसिमका समस्याहरु हटेर सफा ,सुन्दर र चमकता आउनेछ ।

आज हामी यही फाइदाजनको टमाटरको प्रयोग गरेर घरै बसेर आफ्नो अनुहारलाई कसरी सुन्दर बनाउने सिकाउदै छौँ । त्यसपछि पार्लर जानु पनि पर्दैन् । पैसा पनि खर्च हुदैन् । हेरौ ४ घरेलुविधी

पहिलो विधी, (टमाटर र निबुवा)
सबैभन्दा पहिले एउटा कचौरामा टमाटरको भित्री रस (गुदी) र निबुवाको रसलाई चम्चाले राम्ररी मिक्स गर्नुस् ।

अनि उक्त फेस प्याकलाई दैनिक अनुहारमा लगाएर केही समयपछि सफा पानीले धुर्नुस् । त्यसपछि हेर्नुस् , तपाईको अनुहारमा भएको कालोे दाग , धब्बा हटेर कोमल र सुन्दर हुनेछ ।

दोस्रो विधी , (टमाटर , दही र निबुवा)
यसका लागी पनि एउटा कचौरामा टमाटरको रस , दहि र निबुवाको रसलाई चम्चाले राम्ररी मिक्स गरेर अनुहारमा लगाउनुस् ।

अनि अनुहारमा लगाएको केही समयपछि सफा पानीले धुनुस् । त्यसपछि हेर्नुस् , तपाईको अनुहार यसको दैनिक प्रयोगले कति सुन्दर हुनेछ । किनभने यो मिश्रणले छालालाई प्राकृतिक रुपमा सफा गर्दछ ।

तेस्रो विधी, (टमाटर र चिनी)
सबैभन्दा पहिले एउटा कचौरामा माथिको विधी जस्तै टमाटरको एक टुक्रा र चिनीलाई मिक्स गर्नुस् ।

अनि उक्त फेस प्याकलाई अनुहारमा लगाएर १० मिनेट त्यतिकै छोडिदिनुस् । १० मिनेटपछि सफा पानीले धुनुस् ।

वा टमाटर र चिनीको सट्टामा टमाटर र महँ पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसपछि तपाईको अनुहारमा नसोचेको चमकता आउनेछ । एकचोटि प्रयोग गरेर हेर्नुस् ।

चौथो विधी (टमाटर ,महँ र बेसन)
माथिकै जसरी नै एउटा कचौरामा टमाटरको रस , महँ ,बेसन , दाल ,पुदिनाको पातको पेष्ट बनाएर लगाउनुस् । यो अनुहारको लागी फाइदाजनक भएकाले रुखो छालालाई कोमल बनाएर सुन्दरता आउनेछ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...