लिबियामा ४ नेपाली सशस्त्र समूहको अपहरणमा परे



हाम्रो इकोनोमि

 

रोजगारीका लागि लिबियाको बाटो हुँदै इटली हिँडेका ४ जना नेपाली लिबियाको सशस्त्र समूहको अपहरणमा परेका छन् ।अपहरणमा पर्ने नेपालीहरुमा लमजुङका पूर्ण प्रकाश अधिकारी, राजकुमार गुरुङ, दिनेश खत्री र चितवनका नेत्र भट्टराई रहेको बताइएको छ।

 

अपहरणमा परेपछि ती युवाले नेपालस्थित आफन्तहरुलाई खबर गरेपछि यो विषय सार्वजनिक भएको हो । एक हप्ताअघि विद्रोही सशस्त्र समूहको अपहरणमा परेका उनीहरुलाई यातना दिनुका साथै हातखुट्टाका नङसमेत तानेर उप्काइदिएको छ।

 

उनीहरुलाई लिबियाको राम्रो कम्पनीमा र त्यहाँ नभए अस्पतालमा काम भएको र कमाई पनि निकै राम्रो हुने भन्दै एजेन्टले भिजिट भिसामा लिबिया पुर्याएका थिए। नेपाल सरकारले नेपालीहरुलाई लिबिया जान प्रतिबन्ध लगाएको छ।

 

वैधानिक रुपमा लिबिया जान नपाउने भएपछि उनीहरुलाई युएईको भिजिट भिसा बनाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडाइएको थियो। नेपालबाट लिबिया जान उनीहरुले नेपाली ऐजेन्टहरुलाई प्रतिव्यक्ति ३ लाखभन्दा बढी बुझाएका थिए।

 

लिबिया पुगेपछि पनि भिसा सुरक्षाका लागि भन्दै पाकिस्तानी एजेन्टलाई ३ देखि ६ लाखसम्म बुझाएका थिए । लिबियामा राम्रो काम र तलब नभएपछि उनीहरु इटली जाने क्रममा पानीजहाजबाट सशस्त्र समूहको अपहरणमा परेका हुन् । उनिहरुसहित ३८ जना आप्रवासीलाई सशस्त्र समूहले अपहरण गरेको जनाइएको छ ।

 

जसमा ४ जना नेपाली, १२ जना बंगलादेशि र २२ जना नाइजेरियन रहेको जनाइएको छ। एक हप्ता अगाडि पक्राउ परेका उनीहरु आइतबार परिवार तथा आफन्तहरुको सम्पर्कमा आएका थिए।

 

योभन्दा अघि लिबियामा अलपत्र परेका २० जनाभन्दा बढी नेपाली कामदारहरुलाई इजिप्टस्थित नेपाली दूतावासलगायत अन्य संस्थाको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...