हिसाब मिल्दा मोज गर्ने नमिल्दा बलात्कार भयो भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्छ



हाम्रो इकोनोमि

 

 

सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्ने बताएकी छन् ।

उनले महिलाको झूटो आरोपकै कारण धेरै पुरुषहरु जेलमा भएको बताइन् ।

“बलात्कार गर्‍यो र गर्न खोज्यो भन्दैमा पुरुष पक्राउ गरिन्छ भने मन पर्दासम्म सम्बन्ध राख्ने अनि रिस उठेपछि मलाई बलात्कार गर्‍यो भनी झूटो आरोप लगाउने महिलालाई के हुन्छ सजाय ?” सरुको प्रश्न छ ।

मन पर्दासम्म होटल वा एकान्त ठाउँमा गएर राजी खुशीले शारीरिक सम्बन्ध राख्ने तर मन मिल्न छोडेमा जबरजस्ती गर्‍यो भन्दै बलात्कार मुद्दा दर्ता गर्ने प्रवृति महिलाहरुमा बढ्दै गएको सरुको दाबी छ ।

प्रतिकात्मक तस्विर ।
दलित अगुवा सरुले यो समस्या दलित युवा र गैर दलित महिलामा बढी रहेको बताउँछन् ।

उनले गैर दलित युवतीले पहिला खुशीले प्रेम गर्ने, विवाह गर्ने तर केही समस्या आएपछि जबरजस्ती गर्‍यो, जात ढाट्यो, बलात्कार गर्‍यो भन्दै दलित युवाहरुलाई फसाउने गरेको बताइन् ।

“गैरदलित केटीले पहिला दलित युवासँग राजीखुसी प्रेम गर्ने, विवाह गर्ने अनि घर परिवारले थाहा पाएपछि अस्वीकार गर्दै जबर्जस्ती मलाई जात ढाट्यो थाहै नपाइ बलात्कार गर्‍यो भनी बिचरा सिधा दलित युवालाई फसाउने काम भइरहेको छ, यस्ता महिलाहरुलाई किन कारवाही हुँदैन ? महिलाहरु भन्दैमा जे गर्न पनि छुट हुन्छ ?”

उनले बास्तवमै बलात्कृत भएका महिलाहरुले न्याय नपाएको समेत बताएकी छन् ।

दलित युवासँग गैर दलित युवतीले गरेको अधिकांश विवाह बलात्कार मुद्दामा परिणत भएका सरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...