गलबन्दीलाई पछि पार्दै ट्रेन्डिङ १ मा ‘नाईं नभन्नु ल ५’



हाम्रो इकोनोमि

 

फिल्म ‘नाई नभन्नु ल(५’ युट्युबमा सार्वजनिक भएको छ ।

अभिनेत्री स्वस्तिमा खड्का, अनुभव रेग्मी र सेड्रीना शर्माको मुख्य भूमिका रहेको यो फिल्म युट्युबमा रिलिज भएको २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा परेको छ ।

२०१८ को अगस्टमा प्रदर्शन भएको यस फिल्मलाई विकाश राज आचार्यले निर्देशन गरेका हुन् ।

फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी र सेड्रीना शर्माका बाहेक अभिनेत्री निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने पुरुषोत्तम प्रधानले खिचेका छन्। यस फिल्ममा विकाश राज आचार्य र सामिप्य राज तिमल्सिनाको कथा रहेको छ ।

यो पनि पढौ :  सेड्रिना भन्छिन् : सबैभन्दा धेरै ममिको याद आउँछ ……|

चलचित्र नाई नभन्नु ल ५ बाट नेपाली चलचित्र जगतमा भित्रिएकी बाल कलाकार सेड्रिना शर्माले पहिलो चलचित्रबाट नै दर्शकको अत्याधिक माया पाउन सफल भइन् ।

उनको सुन्दर अनुहार र नरम बोलीले दर्शकलाई तान्ने गरेको छ । यस्तै सेड्रिनाले केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।

करिब ४ महिना पहिले पढाईका लागि भारत गएकी सेड्रिना ४ महिनापछि आफ्नो छुट्टीमा नेपाल आएकी छिन् ।

उनको छुट्टी धेरै समयको लागि भने छैन । उनी १ हप्ता भित्र नै भारत फर्किनेछिन् ।

यस्तै नेपाल आउने वित्तिकै दर्शकमा सेड्रिनाले अब फेरि केही काम गर्छिन् भन्ने आश जागेको छ ।

यस्तै सेड्रिनाले सुरु सुरुमा आफूलाई अर्कामा देशमा गएर बस्न निकै गाह्रो भएको बताइन् ।

उनले घरको याद धेरै आएर सुरु सुरुमा आफू निकै रुने गरेको पनि बताइन् । सेड्रिनाले आफ्नो पहिलो चलचित्र नै चर्चित बाल कलाकार अनुभव रेग्मीसँग गरेकी थिइन् ।

त्यसैले उनको नाम अनुभवसँग जोडिएर आउने गरेको छ । तर उनले अनुभव आफ्नो भाई भएको बताउँदै आएकी छिन् ।

त्यस्तै उनले नेपाल आइडल बाट चर्चामा आएका कृशल कडेलसँग पनि काम गरेकाले उनको नाम कृशलसँग पनि जोडिन्छ ।

उनले कृशल आफ्नो दाई भएको बताएकी छिन् । त्यस्तै अनमोल केसीसंग पनि फिल्म खेल्ने चाहना भएको बताएकी छिन ।

उनले भनेकी छिन ‘म हिरोइन भएपछि अनमोल केसीसँग फिल्म खेल्न चाहन्छु।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...