दुई हात गुमाएकी मेघालाई उपचारका लागि अमेरिका लैजाने



हाम्रो इकोनोमि

 

नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ ।

संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष रिमा कटुवालले घिमिरेको उपचारका साथै जनावर उद्धार, विद्याआश्रम र बाजुराको विद्यालयलाई फाउण्डेशनले सहयोग गर्न लागेको जानकारी दिनुभयो ।

आफ्ना स्व बुबा नारायण केसी र स्व बहिनी रिना केसीको सम्झनामा स्थापना गरेको उक्त फाउण्डेशनले हरेक व्यक्तिको सुख र दुःखमा काम गर्ने अध्यक्ष कटुवालले बताउनुभयो ।

“घिमिरेलाई अमेरिका लगेर उपचार गराउन आवश्यक प्रक्रिया पूरा भइसकेको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा अध्यक्ष कटुवालले जनावर उद्धार संस्थालाई एक हजार डलर सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...