कोख मेरो, दूध मेरो, खून मेरो अनि बच्चा….? बच्चा चैँ तिम्रो ? २ मिनेट समय निकालेर पढाै, झर्को नमानेर सेयर पनि गराैँ



हाम्रो इकोनोमि

 

 

दुनिया पत्नीको मजाक उडाउँछन् श्रीमती शिर्षकमा लेखिएका कैयौं घटिया एसएमएसहरू ग्रूपहरूमा पठाउने गर्दछन् ।

वहाँहरू सबैलाई….! एउटी पत्नीको सरल प्रश्न आफ्नो पतिलाई……

देह मेरो हल्दी तिम्रो नामको, हत्केला मेरो मेहेंदी तिम्रो नामको , शिर मेरो चूनरी तिम्रो नामको, सिउँदो मेरो सिन्दूर तिम्रो नामको, निधार मेरो टिका तिम्रो नामको, नाक मेरो नत्थी तिम्रो नामको, गला मेरो मंगलसुत्र तिम्रो नामको, नाडी मेरो चूराहरू तिम्रो नामको, पाऊ मेरो पाउजू तिम्रो नामको, औंलाहरू मेरो औंठी तिम्रो नामको !

ठूला मानिसलाई ढोगौं म, “सौभाग्यवती भएस” आसिश तिम्रो नामको तिज ब्रत र अरू सबै ब्रतहरू तिम्रै नामको यति सम्म कि कोख मेरो, दूध मेरो, खून मेरो अनि बच्चा ? बच्चा तिम्रो नामको ! घरको ढोकामा लगाईएको “नेम प्लेट” तिम्रो नामको ! यति सम्म त ठिकै थियो…. मेरो आफ्नो नामको सम्मुख लेखिएको गोत्र पनि मेरो होइन तिम्रै नामको….! सबथोक त तिम्रै नामको….. आखिर तिमीसँग के छ मेरो नामको …?

एउटी केटी बिहे गरेर घर गई, हिजोकी केटी अब आज बुहारी भई, हिजो मोजमस्ती गरिरहेकी केटी अब, पराईघरको सेवामा लागि…., हिजोसम्म टिसर्ट र जिन्स लगाउने केटी, अब सारी लगाउन जान्ने भई, निलनदी झैं बगिरहेकी केटी अब पराई घरको नीर मात्र भई, दिन दिनै रमाइलोमा खर्च गर्ने बानी, अब सागसब्जी बजारमा भाउ कस्न जान्ने भई, हिजोसम्म “फुल स्पिड” स्कूटी चलाउने केटी अब बाइकमा पछाडी बस्न सिकी…

हिजोसम्म तीन पटक पूरा खाना खाने केटी, अाज पराई घरमा तीन पटक खाना बनाउन थाली, हमेशा जिद्दी गर्ने केटी, अब लोग्नेको इच्छा सोध्ने बानी सिकी, हिजोसम्म आमालाई काम लगाउने केटी, आज सासुको काम गर्न थाली, हिजोसम्म भाइ-बहिनीसँग झगडा गर्ने केटी, आज नन्द र देवरलाई सम्मान गर्न सिकी, पापाको आँखाकी नानी, अब ससूराको गिलासको पानी बनी., यो सबै त्याग र समर्पण मात्र केटीहरू गर्न सक्छन्. !

त्यसैले कृपया महिला हरुलाई सधैं सम्मान गरौँ ! माथिको लेख मन परे झर्को नमानी सेयर गरौँ !

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...