नेपाली युवतीले जितिन् ५० हजार डलरको पुरस्कार



हाम्रो इकोनोमि

 

कुपोषण र भोकमरीको अन्त्यगर्ने उद्देश्य लिएर तीन युवाहरुको साथमा सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सोचाई) को सुरुवात गरेकी बोनिता शर्मा लिड २०३० च्यालेन्जको बिजेता घोषित भएकी छिन्।

दिगो विकास लक्ष्यप्राप्तिका लागि ‘वन योङ्ग वल्र्ड’ ले विश्व प्रतिष्ठित ब्राण्डहरुसंगको सहकार्यमा यस लिड २०३० प्रतियोगिताको आयोजना गरेको थियो । यसका लागि विश्वभरिका युवाद्वारा दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कार्यहरुको खोजी गरिएको थियो।

नवीनतम

सिर्जना, शिक्षा र सामाजिक व्यवसायमार्फत् पोषण र स्वास्थ्य सुधारमा केन्द्रित रहेको सोचाइले दिगो विकास लक्ष्य नं २ ‘भोकमरीको अन्त्य’ प्रवर्गअन्तर्गत एक सय देशबाट आएका एक हजार दुई सय प्रतिस्पर्धीलाई उछिन्दै च्यालेन्ज पार्टनरबाट ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ। यस पुरस्कार सँगसँगै सोचाइले आरबी ग्रुपबाट एक वर्षसम्मको मेन्टोरिंग पनि पाउनेछ।

 

अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि सोचाइकी सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बोनिताले भनिन् , ‘युवाशक्तिमा विश्वास गरेर हामीलाई यस किसिमको अवसर प्राप्त भएकोमा हामी अत्यन्तै खुशी र उत्साहित छौं। हाम्रो देशमा व्याप्त रहेको कुपोषणको समस्यालाई समाधान गर्न र दिगो विकास लक्ष्य हासिल गर्न सोचाईले कुनै कसर बाँकी राख्ने छैन।’

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...