बस र ट्याङ्कर ठोक्किदा १८ घाइते



हाम्रो इकोनोमि

 

चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको  ना १ क ६४११  नम्बरको को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नम्बरको बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आइतबार बिहान ११.३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् ।

घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये  ६ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही  पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अहिले दुबै बस र तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...