नुवाकाेटका युवक अर्जुन घिमिरे भद्रगोलमा बूढो, यस्ताे रहेछ पाँडेकाे वास्तविकता



हाम्रो इकोनोमि

 

पत्रकार बन्ने सपना बाेकेर काठमाडाैँ छिरेका नुवाकाेठका अर्जुन घिमिरे  कलाकार बनेका छन् ।

क्याम्पसका कार्यक्रममा कहिलेकाहीँ ‘क्यारिकेचर गर्ने घिमिरे कलाकारको अन्तर्वार्ता लिन हिँड्दाहिँड्दै कलाकार बन्न पुगेकाे बताउँछन्  ।

२८ वर्षीय घिमिरेख ५०–६० वर्षको वृृद्धकाे राेलकाे अफर लिएर कुमार कट्टेल अाएका थिए ।

वृद्ध देखिनु चुनौती भएपनि अाफुले भद्रगाेल खेल्ने निर्णय गरेकाे घिमिरे बताउँछन् ।

ड्रेसअप, हाउभाउ, बोली बूढाको बनाउनुपर्ने । त्यो पनि खुरापाती, भँडुवा, अरूलाई गरिखान नदिने पाराको ।

‘गाउँघरतिर त्यस्तालाई आलुपाँडे भन्छन्, त्यसैले भद्रगोलको पात्रको नाम पनि ‘पाँडे’ नै जुराए ।

भद्रगोललाई स्थापित गराउनु थियो  सुरुवातका भागमा अर्जुनलाई निकै सकस भएपनि २०–२२ इपिसोड पुगेपछि सहज हुँदै गएकाे बताउँछन्  ।

भद्रगोल हेर्ने दर्शकको मनमा कहिलेकाहीँ प्रश्न उब्जन्छ कि त्यो पाँडे वास्तविक जीवनमा पनि त्यस्तै होला ?

अर्जुन भन्छन्, ‘त्यो पात्रको मेरो वास्तविक जीवनमा कुनै सम्बन्ध छैन, मैले अभिनय मात्र गरेको हुँ ।’

तर, भद्रगोलको सुटिङका लागि सेटमा पुगेपछि आफ्नो वास्तविक परिचय नै बिर्सने बताउँछन् ।

भन्छन्, ‘सुटमा तयार हुँदा मसँग अर्जुन घिमिरे हुँ भन्ने ख्याल नै गायब हुन्छ ।’ उनी आफ्नो व्यक्तिगत जीवन नै सबै बिर्सने बताउँछन् ।

अनि अन्तरआत्मादेखि नै पाँडे बन्छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...