विमान दुर्घटना : २ जनाको मृत्यु, थप जानकारी आउँन बाँकी !



हाम्रो इकोनोमि

 

हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको ज्यान गएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो ।

म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।

विमानमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अध्ययनमा देखिएको छ । दुर्घटना सम्बन्धी आवश्यक थप अनुसन्धान भइरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...