मोदी सरकारको नयाँ नियम, नेपालीले प्लेन चढ्न नपाउने !
तीर्थाटन, व्यापारलगायत प्रयोजनले भारत आएर शुक्रबार स्वदेश फर्किदै ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उड्न रोक लगाएको छ । तीमध्ये एक जना नेपाल वायुसेवा निगम र १० जना भुटान एयरबाट काठमाडौं फर्किदैं थिए ।
विमानस्थल अधिकारीहरुले बस वा ट्रेनबाट आएकाहरु फर्कदा पनि त्यसरी नै जानुपर्ने भन्दै विमानमा आएकाहरु जान नदिएको पीडितले बताए । ‘तिमीहरु जुन बाटो आएका हो, त्यही बाटो फकर्नुपर्ने नियम छ,’ भारतीय अधिकारीलाई उद्धृत गर्दै एक नेपाली यात्रुले भने । विना पूर्वसूचना भारतीय पक्षबाट लगाइएको अघोषित नियमका कारण नेपालीले सास्ती खेप्नुपरेको हो ।
काठमाडौं, चाबहिलका लालबाबु चौधरी सपरिवार वैष्णोदेवी दर्शन गरेर घर फर्किन शुक्रबार बिहान आठै बजे विमानस्थल पुगे । लजेग बुझाए, बोर्डिङ पास पनि लिए । उनको परिवार आउँदा गोरखपुरबाट रेल चढेको थियो । यही कारण देखाएर विमानस्थल अधिकारीले उनलाई विमानमा जान दिएनन् ।
चौधरी रेलबाट आएर विमानबाट फर्कन लागेको यो पहिलोपटक थिएन । ‘यसअघि आफूलाई जे सजिलो हुन्थ्यो, त्यही गरियो, कहिले बस र ट्रेन त कहिले प्लेन,’ उनले भने, ‘अहिले बढी गर्मी भएकाले प्लेनबाट फर्कने निर्णय गर्यौं । निकै गर्मी छ, बच्चा र महिलालाई जान दिनुस् भन्दा पनि सुनुवाइ भएन ।’
‘उड्न नपाउनुको पीडा त छँदै छ, चौधरी परिवारले आफ्नो सामान फिर्ता पाउन दिनभर विमानस्थलमै कुर्नुपर्यो । साँझ करिब पाँच बजे मात्र उनीहरुले आफ्नो सामान फिर्ता पाए । फेरि होटलमा गएर बस्न खर्च छैन । टिकटको पैसा फिर्ता आउँछ आउँदैन त्यो पनि ठेगान छैन । टिकट काटिदिने एजेन्ट पैसा फिर्ता गर्ने जिम्मेवारी आफ्नो नभएको भन्दै टकटकिएको छ,’ चौधरीले भने ।
भुटान एयरले बोर्डिङ पास लिएर उड्न नपाएकाको पैसा फिर्ता गर्ने जनाएको छ तैपनि उनी ढुक्क छैनन् । ‘खै कसको कुरा पत्याउने, आशा छैन, अब ऋण सापट गरेर भए पनि फर्कनुपर्ला,’ चौधरीले भने । बसबाट आएका काठमाडौंका प्रमोद मुडवरीलाई पनि विमान जान दिइएन् । व्यापारका सिलसिलामा बीच दिल्ली धाइरहने उनले भुटान एयरको टिकट काटेका थिए ।
‘यस्तो त कहिल्यै भएको थिएन, हरेक एक दुई महिनामा दिल्ली आउनेजाने गर्छु, जेबाट सजिलो हुन्छ, त्यहीबाट फर्कने गरेको छु तर यसपटक जान मिल्दैन भनियो,’ उनले भने । बिना पूर्वसूचना उड्न नदिएर बिचल्ली पारिदिएको उनको गुनासो छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले नेपाली नागरिकलाई उड्न रोक लगाइएको सुन्नासाथ भारतीय पक्षसँग कुराकानी गरिएको बताए । ‘त्यो सुन्नेबित्तिकै हामीले विमानस्थल अध्यागमनसँग कुराकानी गर्यौ, उहाँहरुले रोक्ने नीति छैन भन्ने जवाफ पाएका छौं,’ ओडारीले भने ।
पीडितहरुका अनुसार अध्यागमन अधिकारीले उड्न दिए पनि कालोसूचीमा राख्ने चेतावनीसमेत दिएका थिए । त्यस्तो धम्की सुनेपछि केहीले स्वेच्छाले उडान नभर्ने निर्णय लिए । औपचारिक रेकर्डमा भने अध्यागमन अधिकारीहरुले उडानमा रोक लगाउनुपछाडि अमान्य कागजात कारण देखाएको स्रोतको दाबी छ ।
रोकिएका नेपालीसँग नागरिकता र पासपोर्ट थियो । जब कि हवाईमार्गबाट नेपाल(भारत आवतजावत गर्दा एउटा भए मात्र पुग्छ । ‘आफूलाई जसरी सजिलो हुन्छ, त्यसरी नै आउनेजाने गर्ने हो । यो त हदैसम्मको भारतको हेपाहा प्रवृति भयो, बिनाकुनै जानकारी जे पनि गर्न हुने ?’ उड्न रोकिएका एक जनाले भने ।
नेपालीहरु उपचार र अन्य विभिन्न प्रयोजनले दिल्लीलगायत भारतीय सहर पुग्ने गरेका छन् । उनीहरु अनुकूलता हेरी बस, रेल र विमानबाट आउजाउ गर्दै आएका छन् । ‘आउने र फर्कने कसरी भन्ने त हाम्रो इच्छा हो, कानुन पालना गरेको छ छैन भन्ने पो हेर्ने हो, यो त दुःख दिने नियतबाहेक केही होइन,’ अर्का नेपाली यात्रु सञ्जय जैसवालले भने, ‘कालोसूचीमा राख्ने धम्की सुनेपछि कुसरी जबरजस्ती गर्न सकिन्छ ?’
गलबन्दीकि लजालु अन्जलीको बहराइनमा मस्ती (हेरौँ ११ तस्बिर)
नेपाली क्लब बहराईनको आयोजनामा सांगीतिक कार्यक्रमको लागि बहराईन पुगेकि गलबन्दी लोकगितकि चर्चित मोडेल अन्जली अधिकारीको मस्ती समाजिक संजालमा देखिएको छ ।
प्रकाश सपुतको बोल माया बोलको गीतबाट चर्चाको शिखरमा पुगेकी मोडल हुन् अन्जली । यतिबेला प्रकाश सपुतकै गलबन्दी नामक गीतमा पनि यी सुन्दरीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
यी दुई गीतमा अन्जली गाउँले लजालु युवतीको भूमिकामा प्रस्तुत भएकी छन् ।
तर उनले दर्जनौं गीतमा निकै हट अवतारमा पनि अभिनय गरेकी छन् । अन्जलीको अभिनय रहेको गलबन्दी अहिले नेपाली युट्युबमा पहिलो ट्रेन्डिङमा पर्न सफल भएको छ ।
गायक प्रकाश सपुत र शान्तिश्री परियारले गाएको यो गीतमा मौलिक नेपालीपन देखाइएको छ ।
गीतमा अभिनय गर्ने मुख्य कलाकारमा अन्जली अधिकारी र प्रकाश सपुत छन् ।
यतिबेला अन्जलीको लजालु स्वभावको चौतर्फी तारिफ भैरहेको छ । गीतमा उनको पृथक कला देखिन्छ ।
प्रेम गीत ३ को अडिसनमा अन्जली
रोमान्टिक सिरिज ‘प्रेमगीत’ निर्माण कम्पनी आसुसेन फिल्म प्रोडक्सनले आफ्नो तेश्रो संस्करण ‘प्रेम गीत ३’ को गीत पात्रका लागि अडिसन सुरु गरेको छ ।
आसुसेन फिल्म्स प्रोडक्सनले चलचित्रको मुख्य क्यारेक्टर गीतका लागी आसुसेन फिल्म्स डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकहरुबाट आबेदन मागेको थियो ।
२७१४ जना आवेदकहरुबाट टप २५ फाइनल अडिसनका लागि छानिएको थियो । अब २५ जनाको अडिसनपछि एकजना प्रमुख भुमिकाको अभिनेत्री छानिनेछ । २५ जना सुन्दर अभिनेत्री तथा मोडलहरुले गीत क्यारेक्टरका लागी अडिसन दिन सुरु गरेका छन् ।
छनौट गर्न लागिएकी युवतीबाट चलचित्रको भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।
आइतवारदेखि सुरु भएको अडिसनमा पहिलो दिन गलबन्दी र बोल माया फेम अन्जली अधिकारी, चलचित्र सय कडा दस अभिनेत्री करुणा श्रेष्ठ, दिभ्यानी ओली, कविता नेपाली, क्रिष्टिना गुरुङ्ग, तमन्ना केसीले आफ्नो प्रतिभा देखाईसकेका छन् ।
आसुसेन को क्रियटिम टिमले हरेक दिन ६–६ जनाको अडिसन लिनेछ भने बिदेशमा रहेकाहरुसँग अन्तिम दिन अलिकति फरक किसिमले अडिसन लिइने निर्देशक छेतेन गुरुङले बताए ।
निर्माण पक्षले अडिसनमै चलचित्रमा रहने सेटको डिजाईन समेत गरेको थियो । कलाकार छनौट गर्न चलचित्रकै जस्तो सेट डिजाइन गरेर अडिसन लिने यो शैली यसअघि नेपाली चलचित्र क्षेत्रमा भएको थिएन ।चलचित्र ‘प्रेम गीत ३’ आगामी चैत्र २८ गते नेपालभर प्रदर्शन हुँदैछ ।