अब काम खोज्दै विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छौ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

नेपालमा अहिले पनि बेरोजगारी र गरिबी प्रमुख समस्याको रुपमा रहेको छ । हरेक सरकारले यसलाई नियन्त्रण गर्नको लागि पहल गर्दै आएको भए पनि अहिलेसम्म कुनै ठोस परिणाम देखिएको छैन । अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकारले पनि बेरोजगारीलाई समाप्त पार्नको लागि नयाँ अभियान सुरु गरेको छ ।

 

यो बिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रोजगारीका लागि युवा विदेश जानुपर्ने बाध्यतालाई सरकारले रोक्ने बताउनु भएको छ । आज भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्नुभएको हो ।

 

उहाँले भन्नुभयो, ‘देशमा अहिले युवाको जनसंख्याको बाहुल्यता छ । जनशक्तिको परिचालन गरेर हामीले देश विकासको फड्को मार्नु पर्छ ।’ प्रधानमन्त्री ओलीले अगाडी भन्नुभयो, ‘अब चाँडै युवालाई रोजगारीका लागि विदेश जानु पर्ने बाध्यता हटाउँछौं ।’

 

देश विकासका लागि अहिले उपयुक्त समय आएको भन्दै ओलीले रोजगारीका लागि नयाँ नयाँ अवसरको खोजी गर्दै विदेश जाने युवाहरुलाई रोक्ने बताउनुभयो ।

 

त्यस्तै अर्को प्रसंगमा विप्लव समुदप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले कतिपय मान्छे क्रान्तिका नाममा हिंसा भड्काउन लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाललाई गरिब बनाई राख्ने षडयन्त्रमा कोही पनि फस्नु हुदैन’, प्रधानमन्त्री ओलीले भने, ‘हिंसालाई नेपाली समाजले अस्वीकार गरिसकेको छ।’

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...